×
शनिबार, साउन ०४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द

आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी

भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने

देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

  • २. ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

  • ३. प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

  • ४. महानगरको बजेट २५ अर्ब ७६ करोड

  • ५. गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन

  • ६. भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

  • ७. बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

  • ८. विपद् व्यवस्थापनमा तीन तहका सरकारको जिम्मेवारी प्रष्ट हुनुपर्छ :महामन्त्री थापा

  • ९. आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

  • १०. देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

नेप्से करिब ७.७९ अंकले बढ्यो २ अर्ब ८९ करोडको कारोबार


  •   सोमबार, जेठ २९, २०८० मा प्रकाशित
  • २९ जेठ, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से ७.७९ अंकले वृद्धि हुँदा १९८७.८७ बिन्दुमा बन्द भएको छ । गत साताको मंगलबारदेखि पछिल्लो पाँच कारोबार दिनमा लगातार वृद्धि हुँदा नेप्से ८५.८८ अंकको वृद्धि भएको छ ।अधिकांश उपसूचकमा गिरावट भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहित होटल तथा पर्यटन, उत्पादनमूलक लगायतका उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो । सोमबार बैंकिङ उपसूचक ०.२५ प्रतिशतले वृद्धि भएको छ भने उत्पादनमूलक उपसूचक २.०५ प्रतिशतले बढेको छ । यता वित्त कम्पनी उपसूचक ०.९६ प्रतिशतले गिरावट हुँदा विकास बैंक उपसूचक ०.५० प्रतिशतले गिरावट छ ।

    Advertisement

    सोमबार समेत लगातार चौथो कारोबार दिन पनि नेप्सेमा वृद्धि भएको हो । लगातार बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा नेप्सेमा तिव्र उतारचढाव देखिए पनि अन्तिममा बढेर बन्द भएको हो । नेप्सेको उतारचढवले कारोबार रकम करिब ३ अर्ब नजिक पुगेको छ । आइतबार ३ अर्ब ४५ करोडको कारोबार रकम भएको बजारमा सोमबार केही संकुचित भएको भएपनि करिब ३ अर्बको कारोबार भएको हो । सोमबार नेप्सेमा ४९ हजार ९४४ वटा कारोबारमा कुल ७४ लाख ५४ हजार ७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ८८ करोड ६५ लाखको कारोबार भएको छ । जसमध्ये सोल्टी होटलको सेयर सर्वाधिक १५ करोड २९ लाखको कारोबार हुँदा हिमालय डिष्टिलरीको १० करोड ११ लाख र शिवश्री हाइड्रोपावरको ९ करोड ५८ लाखको कारोबार भएको छ ।

    सोमबार नेप्सेमा कुल २२३ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १२६ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ८९ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ८ कम्पनीको स्थिर छ । सोमबार कारोबार भएकामध्ये अभियान लघुवित्त र कालिञ्चोक दर्शनको सेयरमूल्य १० प्रतिशत तथा भूगोल इनर्जी डेभलपमेन्ट र सिटी होटलको सेयरमूल्य ९.९९ प्रतिशत बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै चन्द्रागिरी हिल्सको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको हो ।

    यता प्रभु स्मार्ट फण्डको इकाइमूल्य १० प्रतिशतले गिरावट हुँदा सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य ३.९० प्रतिशत र युनाइटेड इदी मार्दी एण्ड आरबी कम्पनीको सेयरमूल्य ३.८० प्रतिशतले गिरावट भएको छ ।

    सोमबार, जेठ २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी
    बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ
    एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द
    आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन
    नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी
    भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

    Facebook Page

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

    • २.
      ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

    • ३.
      प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

    • ४.
      महानगरको बजेट २५ अर्ब ७६ करोड

    • ५.
      गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन

    • ६.
      भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

    भर्खरै

    • १.
      रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

    • २.
      बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

    • ३.
      एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द

    • ४.
      आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

    • ५.
      नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी

    • ६.
      भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

    • ७.
      रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

    • ८.
      बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.