• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, पुष ०४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा

रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश

निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली

एमालेको १९ सदस्यीय पदाधिकारी यस्तो बन्यो

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

४० वटा मेसिनका ११३९ मत गणना, कुन पदाधिकारीको कति ? (सूची)

कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ : अर्थमन्त्री

गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने

एमाले मतगणना अपडेट : ओली ८४३, पोखरेल २९६

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • ३. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ४. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ५. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ६. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ९. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

  • १०. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

जथाभाबी सामाजिक सञ्जाल चलाउने प्रहरीलाई विभागीय कारबाहीको चेतावनी


  •   सोमबार, जेठ २९, २०८० मा प्रकाशित
  • काठमाडौँ । प्रहरी प्रधान कार्यालयले मातहतका प्रहरी कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेको छ । यसअघि पटकपटक परिपत्र गर्दा पनि प्रहरी कर्मचारीले फेसबुकमा भिडियो पोष्ट गर्ने, टिकटक बनाउने ट्वीटरमा जथाभाबी कमेन्ट गर्ने लगायतका कार्यहरू गरेपछि यी गतिविधि रोक्न प्रहरी मुख्यालयले चेतावनीसहितको निर्देशन जारी गरेको हो ।

    Advertisement

    सोमबार प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत सुपरिवेक्षण तथा अनुगमन महाशाखाले प्रहरी कार्यरत रहने सबै कार्यालयहरूमा परिपत्र गर्दै प्रहरी कर्मचारीले पालना गर्नुपर्ने अचारसंहितासम्बन्धी कार्यादेश, २०७७ विपरीत यी कार्यहरू पुनरावृत्ति भए/गरेको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई समेत विभागीय कारबाही हुने चेतावनी समेत दिइएको छ ।

    महाशाखाद्वारा परिपत्रमा भनिएको छ,‘ सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्ने गाइडलाइन विपरीत फेसबुक, ट्वीटर, यु–ट्युव, टिकटक लगायतमा पोष्ट, सेयर, ट्याग, कमेन्ट, लिंक सेयर, ट्वीट तथा रि–ट्वीट नगर्ने भनी पटकपटक जानकारी गराउँदासमेत हालसम्म पनि केही प्रहरी कर्मचारीले प्रहरी पोशाक प्रयोग गरी कार्यालय, व्यारेक, कार्यकक्ष लगायत क्षेत्रमा यस्ता क्रियाकलाप गरेकाले यस महाशाखाको गम्भीर ध्यानाकर्षण भएको छ । गाइडलाइन विपरीतको कार्यमा संलग्न कर्मचारी उपर हदैसम्मको विभागीय कारबाही गर्न/गराउन निर्देशानुसार अनुरोध गरिएको छ ।’

    सुपरीवेक्षकीय कार्यालयबाट आ–आफ्नो मातहतका प्रहरी कर्मचारीबाट विभागीय आदेश/निर्देशनको परि– पालना भए/नभएको समेत अनुगमन गरी कार्यान्वयनतर्फ पहल गर्न/गराउन समेत निर्देशन दिइएको छ । महाशाखाका प्रमुख एसएसपी शेखर खनालद्वारा हस्ताक्षरित परित्रपमा पटकपटकका निर्देशन उल्लंघन गर्दा ‘चेन अफ कमाण्ड’ नभएको र कार्यालय प्रमुखले समेत विशेष चासो लिई सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्न निर्देशन दिइएको छ ।

    महाशाखाले अख्तियार दुरुपयोग अनुसन्धान अयोगको प्रहरी महाशाखा, प्रहरी प्रधान कार्यालयकै सबै विभाग, ब्यूरो, निर्देशनालय र महशाखा हुँदै सबै प्रहरी कार्यालयहरूमा परिपत्र जारी गरेको छ ।

    सोमबार, जेठ २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा
    ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की
    कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन् ः मन्त्री पुन
    दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै
    गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ५.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ६.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    भर्खरै

    • १.
      राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा

    • २.
      रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश

    • ३.
      निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली

    • ४.
      एमालेको १९ सदस्यीय पदाधिकारी यस्तो बन्यो

    • ५.
      एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

    • ६.
      ४० वटा मेसिनका ११३९ मत गणना, कुन पदाधिकारीको कति ? (सूची)

    • ७.
      कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ : अर्थमन्त्री

    • ८.
      गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.