• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, भदौ २४, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

गृहमन्त्रीको भाषणमा रास्वपा नेताहरूकै असन्तुष्टि

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ३. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ४. कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

  • ५. रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

  • ६. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ७. रास्वपाले राहत वितरणमा छुट्टै संयन्त्र नबनाउने

  • ८. रसुवा बाढीपछि बंगलादेश पठाउने बिजुली रोकियो

  • ९. स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

  • १०. बाढीपछि केरुङमै रोकिएकामध्ये ११३ जना आज नेपाल फर्किँदै

चन्द्र शमशेरको पालामा निर्माण गरिएको चुरियामाई सुरुङ मार्गबाट वारपार गर्न सकिने


  •   बुधबार, जेठ २४, २०८० मा प्रकाशित
  • काठमाडौं । राजधानी काठमाडौंलाई मकवानपुरको हेटौंडा हुँदै तराई मार्गसम्म जोड्न चन्द्र शमशेरको पालामा निर्माण गरिएको चुरियामाई सुरुङ मार्गबाट वारपार गर्न सकिने भएको छ । दक्षिण एसियाकै पहिलो मानिने यो ऐतिहासिक सुरुङ मार्गको एउटा खण्ड करिब ४० मिटर भत्किएको थियो ।

    Advertisement

    त्यसलाई मर्मत गरेर वारपार गर्न सक्ने बनाइएको बागमती प्रदेशको भौतिक पूर्वाधार निर्देशनालयका निर्देशक लोकनाथ रेग्मीले जानकारी दिए । ‘सुरुङ मार्ग खुलाएर वारपार गर्न सक्ने बनाइएको चार दिन जति भयो,’ निर्देशक रेग्मीले भने, ‘अब फिनिसिङको काम बाँकी छ ।’ सुरुङ मार्गमा काम जारी रहेकाले सबैलाई प्रवेश अनुमति नदिइएको उनले बताए ।

    यो सुरुङ मार्ग ऐतिहासिक भएकाले सवारी साधन सन्चालन भन्दा पनि पर्यटकले अवलोकन र पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने योजना प्रदेश सरकारको रहेको निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझा बताउँछन् । चुरियामाई सुरुङ विक्रम संवत् १९७४ मै बनेको थियो । नेपालका प्रथम स्नातक इन्जिनियर भनिने बि्रगेडियर जनरल डिल्लीजंग थापाले ५ सय मिटर लम्बाइको यो सुरुङ मार्ग डिजाइन गरेका थिए । चुरे पर्वतमा बनेको यो सुरुङ मार्ग साढे २ मिटर चौडाइ, ३ मिटर उचाइ र ५०० मिटर लम्बाइको छ ।

    माटो, इँटा, चुना र सुर्की प्रयोग गरी निर्माण गरिएको यो सुरुङ मार्गबारे स्वीस भूगर्भविद टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्गडम अफ नेपाल’मा पनि चर्चा गरेका छन् । उनले यसलाई ‘एसियाकै पहिलो मानवनिर्मित सुरुङ हुन सक्ने’ उल्लेख गरेका छन् । भारतमा पनि नबनेको यस्तो सुरुङ मार्ग नेपालमा देख्दा आफू अचम्मित र खुसी भएको टोनी हेगनले उल्लेख गरेका छन् ।

    राणाकालमा रक्सौलबाट बाराको अमलेखगञ्जसम्म रेल चल्थ्यो, त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म बनाइएको सडकमार्गमा चुरे पहाड छिचोल्दै हेटौंडा छिर्न सजिलो थिएन । त्यसैले पहाडमा घुमाउरो बाटो बनाउनुको साटो सीधा सुरुङ मार्ग खनेर गाडी चलाइएको थियो । यही सुरुङ मार्ग हुँदै चल्ने गाडीहरुले मकवानपुरको भीमफेदीसम्म समान ल्याउँथे । काठमाडौंसम्म जोडिने सडक नभएकाले भीमफेँदीबाट भरिया लगाएर काठमाडौंसम्म सामान भित्राइन्थ्यो ।

    प्रजातन्त्र पुनर्स्थापनापछि त्रिभुवन राजपथ बन्यो । त्यसैक्रममा यो सुरुङ मार्गको बीच खण्डमा विष्फोट गराएर भत्काएर त्यसैमाथि सडक बनाइएको थियो । त्रिभुवन राजपथको बक्स कटिङ रोडदेखि दक्षिणतिरको भागमा धसिएको स्थान मर्मत गरेर सुरुङ मार्ग खुलाइएको भौतिक पूर्वाधार निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले जानकारी दिए ।

    ओझाका अनुसार सुरुङ मार्गको २० मिटर जति भाग धसिएको अनुमान गरी मर्मतका लागि डीपीआर निर्माण गरिएको थियो । तर मर्मत सुरु गरेपछि ४० मिटर भाग धसिएको पाइएको थियो । यसैगरी सुरुमा १९८ मिटर लम्बाइमा पुननिर्माण गर्नुपर्ने पूर्वानुमान भए पनि मर्मत गर्दै जाँदा २२२ मिटर लम्बाइमा निर्माण गर्नुपरेको उनले बताए । ‘सुरुङ साँघुरो भएकाले र मेसिन पनि लैजान नमिल्ने भएकाले त्यहाँको काम गर्न हामीलाई ५ महिना लाग्यो,’ ओझाले भने ।

    ३ करोड ३६ लाख रुपैयाँको लागतमा माउन्टेन इन्फ्रा कन्स्ट्रक्सनले २०७७ साल वैशाखमा सुरुङ मार्ग पुनर्निर्माणको ठेक्का पाएको थियो । सुरुमा एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि कोरोना महामारी, प्राविधिक कठिनाइ लगायतका कारण दुई पटक म्याद थपिएको थियो । पछिल्लो पटक थपिएको म्याद अनुसार आगामी असार मसान्तभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको प्रवक्ता ओझाले जानकारी दिए । सबै काम सम्पन्न गरेपछि हेटौंडा उपमहानगरपालिकालाई जिम्मा लगाउने निर्देशनालयले जनाएको छ ।

    बुधबार, जेठ २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन
    चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ३.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ४.
      कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

    • ५.
      रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

    • ६.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    भर्खरै

    • १.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • २.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ३.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ४.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ५.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ६.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ७.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    • ८.
      प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.