काठमाण्डाै । काठमाण्डाैबाट धनगढी उडेको श्री एअरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बीच बाटोबाटै जहाज काठमाण्डाै फर्किएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाण्डौ–धनगढी उडानको ड्यास आठ (–८) जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेपछि जहाजको ‘प्रेसराइजेसन सिस्टम’ बिग्रिएको सङ्केत पाइलटले पाएपछि जहाज काठमाण्डाै फर्काएर सकुशल अवतरण गरिएको थियो । जहाजमा ७२ जना यात्रु सवार थिए ।
धनगढी उडेको जहाजमा हाई अल्टिच्युटमा जाँदा अक्सिजन तह सन्तुलन गर्ने प्रणाली मा समस्या देखिएपछि जहाज ५० माइल उडेपछि पुनः काठमाण्डौ फर्काइएको थियो, जहाजका यात्रुलाई बिहान साढे १० बजे अर्कै जहाजको उडानबाट गन्तव्य स्थानमा लगिएको छ । श्री एअरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जहाजमा केही प्राविधिक मर्मतपछि सञ्चालनमा आइसकेको बताउनुभएको छ ।