×
शुक्रबार, साउन ०३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द

आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी

भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने

देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

  • २. ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

  • ३. प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

  • ४. महानगरको बजेट २५ अर्ब ७६ करोड

  • ५. गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन

  • ६. भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

  • ७. विपद् व्यवस्थापनमा तीन तहका सरकारको जिम्मेवारी प्रष्ट हुनुपर्छ :महामन्त्री थापा

  • ८. देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

  • ९. स्पेनमा मान्छे छाडेर आयो भनेर झूट र घटिया प्रचार गरेको ओलीको दाबी

  • १०. बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

साइकल संस्कृतिको विकास गर्नुपर्नेमा उपसभामुखले गरिन जोड


  •   आइतबार, जेठ २१, २०८० मा प्रकाशित
  • काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले साइकल संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनु भएको छ । विश्व साइकल दिवसको अवसरमा काठमाडौंमा हिजो शनिबार आयोजित साइकल -यालीको समापन समारोहलाई सम्बोधन गर्दै उपसभामुख रानाले साइकल संस्कृतिको विकासले सहरी प्रदुषण नियन्त्रण हुनुका साथै मानिसको शारीरिक तन्दुरूस्ती बढ्ने बताउनु भएको हो ।

    Advertisement

    साइकल यालीमा सहभागी उपसभामुख रानाले सहरलाई साइकलमैत्री बनाउन, अहिलेको सवारी चापले बढ्दै गएको भीडभाड, प्रदुषण कम गर्न र स्वस्थ मानव जीवनका लागि साइकल संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो । आफूले पहिलेदेखि नै साइक्लिङ गरिरहेको भन्दै उपसभामुख रानाले राज्यले साइकल लेन, पैदल मार्ग, साइक्लिङ स्पटहरूको निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने पनि बताउनु भयो । साइकलको प्रयोग गर्दा वातावरण प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने, मानिसको शारीरिक तन्दुरूस्ती बढ्ने र शारिरीक व्यायमको कमीबाट लाग्ने विभिन्न रोगबाट जोगिन सकिने उहाको भनाई छ ।

    विदेशीहरू नेपाली भूमिलाई स्वर्ग ठानेर घुम्न आउने चर्चा गर्दै उपसभामुख रानाले नेपालीहरूले आफ्नै भूमिलाई चिन्न नसकेको बताउनु भयो । नेपालका कुना कुनामा साइकल यात्रा गर्न सकिने भन्दै उहाँले डोल्पाको उच्च हिमाली क्षेत्रमा रहेको से फोक्सुन्डो बेस क्याम्पसम्म साइकल यात्रा गर्न आह्वानसमेत गर्नुभयो ।
    साइकल संस्कृति अभियान सञ्जालले साइकल तथा पैदलमैत्री सहर निर्माणका लागि साइकल संस्कृति अभियानको व्यानरमा शनिवार कीर्तिपुरको घण्टाघरबाट शुरू भएको साइकल -याली दरबारमार्गमा आएर समापन गरिएको थियो।

    साइकल र्‍याली कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानबाट सुरु भई बल्खु, एकान्तकुना, जावलाखेल, थापाथली, माइतीघर, सुन्धारा हुँदै दरबारमार्गमा पुगेको थियो। र्‍यालीमा झन्डै तीन सय साइकलयात्री सहभागी रहेका थिय । त्यस्तै साईकल दिवसको अवसर पारेर ओलम्पिक डे कार्यक्रमको सुरुवात पनि गरिएको छ । ओलम्पिक डे २३ जुनमा विश्वभर मनाईन्छ । सबैका लागि खेलकुद आवश्यकता रहेकाले नेपालमा पनि ओलम्पिक मुभमेन्टको अवधारणालाई अझ व्यापक बनाउने उदेश्यले विभिन्न क्लबहरु मिलेर ओलम्पिक डे मनाउने गर्छन् । साईकल दिवसकै अवसर पारेर साईकल र्यालि गर्दै ओलम्पिक डे को सुरुवात गरिएको हो । यसको समापन १२ जुनमा गरिन्छ ।

    आइतबार, जेठ २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी
    बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ
    एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द
    आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन
    नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी
    भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

    Facebook Page

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

    • २.
      ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

    • ३.
      प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

    • ४.
      महानगरको बजेट २५ अर्ब ७६ करोड

    • ५.
      गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन

    • ६.
      भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

    भर्खरै

    • १.
      रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

    • २.
      बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

    • ३.
      एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द

    • ४.
      आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

    • ५.
      नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी

    • ६.
      भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

    • ७.
      रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

    • ८.
      बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.