×
शुक्रबार, साउन ०३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द

आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी

भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने

देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

  • २. ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

  • ३. प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

  • ४. महानगरको बजेट २५ अर्ब ७६ करोड

  • ५. गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन

  • ६. भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

  • ७. विपद् व्यवस्थापनमा तीन तहका सरकारको जिम्मेवारी प्रष्ट हुनुपर्छ :महामन्त्री थापा

  • ८. देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

  • ९. स्पेनमा मान्छे छाडेर आयो भनेर झूट र घटिया प्रचार गरेको ओलीको दाबी

  • १०. बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

दक्षिण अफ्रिकामा आकर्षक जागिरको लोभ देखाएर ठग्ने गिरोह सक्रिय रहेकाले प्रलोभनमा नपर्न विभागको आग्रह


  •   शुक्रबार, जेठ १९, २०८० मा प्रकाशित
  • काठमाडौँ । दक्षिण अफ्रिकामा आकर्षक जागिरको लोभ देखाएर नेपालीहरूलाई ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार उक्त गिरोहले १५० जनाभन्दा बढी नेपालीबाट लाखौँ रकम संकलन गरेको छ । नेपालीहरू ठगिन थालेको जानकारी आएपछि विभागले उक्त गिरोहबाट जोगिन आग्रह गर्दै सूचना प्रकाशित गरेको छ । ‘दक्षिण अफ्रिकामा वैदेशिक रोजगारमा आकर्षक तलब सुविधासहितको पदमा काम लगाइदिने भनी नक्कली वर्क परमिट मार्फत् मानव बेचविखन एवं गैरकानुनी आप्रवासनमा संलग्न गिरोहले १५० भन्दा बढी नेपालीहरूबाट लाखौँ रकम संकलन भइरहेको एवं सो सम्बन्धमा सामाजिक सञ्जालहरूमा समेत भ्रमपूर्ण विज्ञापन सम्प्रेषण भएको जानकारी यस विभागमा आएको छ,’ विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

    Advertisement

    विभागले त्यस्तो प्रलोभनमा नपर्नसमेत आग्रह गरेको छ । यस्तो गिरोह सक्रिय भएको सूचना पाएपछि विभागले सूचना नै जारी गरेर त्यसबाट जोगिन आग्रह गरेको हो । ‘भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा दक्षिण अफ्रिका आउने प्रयोजनका लागि मात्र भएको हुँदा त्यस भिसाका आधारमा अफ्रिकामा रोजगारीजन्य काममा संलग्न हुन पाइँदैन,’ विभागले प्रकाशित गरेको सूचनामा भनिएको छ ।

    विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार मानव बेचबिखन तथा गैरकानुनी आप्रवासनमा संलग्न गिरोहले १५० भन्दाबढी व्यक्तिबाट लाखौँ रुपैयाँ सङ्कलन गरिरहेको र सामाजिक सञ्जालमा भ्रमपूर्ण विज्ञापन गरिरहेकाले सूचना जारी गरिएको हो । त्यो गिरोहले पर्यटक भिसामा पठाउने र त्यहाँ पुगेपछि काम लगाइदिने प्रलोभन दिने गरेको भए पनि पर्यटक भिसामा गएर कुनै पनि किसिमको रोजगारमा संलग्न हुने कार्यलाई गैरकानुनी मानिने सुवेदी बताउँछन् ।

    दक्षिण अफ्रिकाले दक्ष जनशक्तिका लागि बाहिरी देशबाट श्रमिक नल्याउने सुवेदीको भनाइ छ । दक्षिण अफ्रिकाको सरकारी राजपत्रमा २ अगस्ट २०२२ मा प्रकाशित सूचनाअनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने १४० किसिमका दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारीमा लैजाने कानुनी व्यवस्था छ । ती पदका लागि जाँदा पनि नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र जानुपर्ने सुवेदी बताउँछन् ।

    कुनै पनि देश जान सम्बन्धित देशको भिसा आवश्यक पर्ने हुँदा दक्षिण अफ्रिकाबाट युरोप, अमेरिकालगायतका देशमा जान सजिलो हुने कुरा भ्रामक र मिथ्या भएकाले त्यस्ता कुराको विश्वास नगर्न पनि विभागद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

    शुक्रबार, जेठ १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी
    बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ
    एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द
    आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन
    नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी
    भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

    Facebook Page

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

    • २.
      ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

    • ३.
      प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

    • ४.
      महानगरको बजेट २५ अर्ब ७६ करोड

    • ५.
      गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन

    • ६.
      भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

    भर्खरै

    • १.
      रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

    • २.
      बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

    • ३.
      एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द

    • ४.
      आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

    • ५.
      नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी

    • ६.
      भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

    • ७.
      रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

    • ८.
      बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.