काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाल्पाले आयोजना गरेको स्थानिय निर्वाचन प्रदेश निर्वाचन र संघिय निर्वाचन बाट निर्वाचित जनप्रतिनिधिहरुको स्वागत सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम हिजो शनिवार सम्पन्न भएको छ । माननिय उपसभामुख इन्दिरा राना मगरले प्रमुख आतिथ्यका रुपमा उक्त कार्यक्रमको दिप प्रज्वलन गरि उद्घाटन गर्नु भएको थियो ।
उक्त कार्यक्रममा निर्वाचनबाट जितेर आउनु भएका प्रतिनिधिहरुलाई बधाई तथा सम्मा गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाल्पाले उक्त कार्यक्रम पहिलै देखि सञ्चालन गर्दै आईरहेको छ । यस संस्थाको स्थापना २०६० सालमा भएको हो ।