काठमाडौँ । संखुवासभाको खाँदबारी नगरपालिका १ घिमिरे गाउँमा एकजनाले प्रेमिकाको हत्या गरी आफ्नो पनि हत्या प्रयास गरेका छन् । खाँदबारीमा डेरा गरी बस्दै आएकी युना दर्नाललाई शुक्रबार बिहान सभापोखरी गाउँपालिका-१ का नन्दराम गदालले हत्या गरेका हुन् । उनले आफ्नै पेटमा पनि खुकुरी प्रहार गरेका छन् । उनी गम्भीर घाइते भएका छन् ।
मृतक दर्नाल खाँदबारीमा डेरामा बस्दै आएकी थिइन् । दर्नालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते गदालको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । २१ वर्षीय गदाल हिजोमात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ । स्थानीयका अनुसार गए राति दुवै सँगै बसेका थिए। बिहान स्थानीयले घटना थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।
हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।