काठमाडौँ । डा. ढाकाकुमार श्रेष्ठले केही अनलाइन मिडियाहरूले समानुपातिक सांसद बन्न तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको समाचार सम्प्रेषण भएकोमा आपत्ति जनाउनु भएको छ । ती समाचार कपोकल्पित तथा आधारहीन रहेको बताउँदै श्रेष्ठले गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको हो ।
उहाँले सो विषयमा कुनै मिडियाहरूसँग नबोलेकोले र समाचार सम्प्रेषणको लागि अनुरोध समेत नगरेको दाबी गर्नु भएको छ । उहाँले भन्नु भयो, ‘मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु । साथै निष्पक्ष र स्वतन्त्र पत्रकारिताको धर्मलाई निर्वाह गरी आधारहीन समाचारलाई सम्प्रेषण नगर्न समेत सम्बन्धित मिडियाहरूको ध्यानाकर्षण गराउन चाहन्छु ।’
केहीदिन अघि ढाका कुमारले आफु समानुपातिक सांसद हुनलाई रास्वपाका उपसभापति डिपी अर्याल र महामन्त्रि मुकुल ढकाललाई १ करोड ८४ लाख दिएको भन्ने समाचारहरु बाहिरिएका थिय ।