×
शुक्रबार, साउन ०३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी

भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने

देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

एक लाख घुस सहित रंगेहात पक्राउ परे कल्याणपुरका मेयर

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, यस्ता छन् निर्णयहरू

गृहमन्त्रीको सचिवालयले सार्वजनिक गर्यो लेखकको १ बर्षका उपलब्धीहरु

लोकप्रिय समाचार

  • १. अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

  • २. रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

  • ३. ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

  • ४. प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

  • ५. महानगरको बजेट २५ अर्ब ७६ करोड

  • ६. गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन

  • ७. विपद् व्यवस्थापनमा तीन तहका सरकारको जिम्मेवारी प्रष्ट हुनुपर्छ :महामन्त्री थापा

  • ८. स्पेनमा मान्छे छाडेर आयो भनेर झूट र घटिया प्रचार गरेको ओलीको दाबी

  • ९. देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

  • १०. एक लाख घुस सहित रंगेहात पक्राउ परे कल्याणपुरका मेयर

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज देखी १६ जनाको बयान हुने


  •   शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १६ जना आरोपितको जिल्ला अदालत काठमाडौंमा आजदेखि बयान शुरु हुने भएको छ । यो प्रकरणमा मुछिएका ३० जनाविरुद्ध बुधबार ठगी, किर्ते लगायतको अभियोगमा मुद्दा दायर भएको थियो ।

    Advertisement

    १४ जना फरार रहेकाले आज १६ जनाको मात्र बयान सुरु हुन लागेको हो । फरार रहेका १४ जनाको हकमा भने अदालतमा उपस्थित भएकै बेला बयान हुनेछ । शुक्रबार आरोपित विरुद्धको मुद्दाको पेशी तोकिनेछ र सम्बन्धित न्यायाधीशको इजलासमा बयान हुनेछ । इजलासले उनीहरुको एकैसाथ वा छुट्टाछुट्टै रुपमा समेत बयान गराउन आदेश दिन सक्नेछ । सबैको बयान गराउनुपर्ने भएकाले आज बहस शुरु हुने सम्भावना छैन ।

    इजलासले एकैसाथ बयान गराउने भनी आदेश नदिएमा बयानकै लागि थप केही दिन लाग्ने निश्चित छ । बयानपछि उनीहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भनी ‘थुनछेक’ बहस हुनेछ । इजलासले त्यसपछि उनीहरुलाई तीनमध्ये कुनै एउटा आदेश दिनेछ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउन खोजेको अभियोगमा पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे लगायत विरुद्ध जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।

    मुलुकी अपराध संहितामा ठगीको आरोप प्रमाणित भए सातवर्षसम्म कैद र ७० हजार रुपैंयासम्म जरिवाना हुने व्यवस्था छ । सरकारी कागजात कीर्तेमा पनि त्यति नै सजायको व्यवस्था छ । राष्ट्रहित प्रतिकुलको काम गरेमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैंयाँसम्म जरिवानाको व्यवस्था छ । अभियोगपत्रमा संहिताको दफा ४३ अनुसारको एकीकृत कसुर अन्तर्गतको सजाय मागदावी गरिएको छ । जसमा एउटै घटनामा एकभन्दा बढी कसुर भएमा सबैभन्दा बढी सजाय हुने कसुरको सजायमा त्यसपछि बढी सजाय हुने दोस्रो कसुरको आधा सजाय थप हुने व्यवस्था छ । सरकारी वकिलले संगठित अपराधको दाबी गरेकाले कुल सजायमा ५० प्रतिशत सजाय थप हुने व्यवस्था पनि रहेको छ ।

    शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन
    नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी
    भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा
    रास्वपाले आज पत्रकार सम्मेलन गर्दै
    बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने
    देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

    Facebook Page

    लोकप्रिय

    • १.
      अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

    • २.
      रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

    • ३.
      ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

    • ४.
      प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

    • ५.
      महानगरको बजेट २५ अर्ब ७६ करोड

    • ६.
      गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन

    भर्खरै

    • १.
      आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

    • २.
      नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी

    • ३.
      भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

    • ४.
      रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

    • ५.
      बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने

    • ६.
      देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

    • ७.
      एक लाख घुस सहित रंगेहात पक्राउ परे कल्याणपुरका मेयर

    • ८.
      मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, यस्ता छन् निर्णयहरू

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.