×
शुक्रबार, साउन ०३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी

भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने

देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

एक लाख घुस सहित रंगेहात पक्राउ परे कल्याणपुरका मेयर

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, यस्ता छन् निर्णयहरू

गृहमन्त्रीको सचिवालयले सार्वजनिक गर्यो लेखकको १ बर्षका उपलब्धीहरु

लोकप्रिय समाचार

  • १. अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

  • २. रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

  • ३. ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

  • ४. प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

  • ५. महानगरको बजेट २५ अर्ब ७६ करोड

  • ६. गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन

  • ७. विपद् व्यवस्थापनमा तीन तहका सरकारको जिम्मेवारी प्रष्ट हुनुपर्छ :महामन्त्री थापा

  • ८. स्पेनमा मान्छे छाडेर आयो भनेर झूट र घटिया प्रचार गरेको ओलीको दाबी

  • ९. देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

  • १०. मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, यस्ता छन् निर्णयहरू

उपत्यकामा आज रातो मच्छेन्द्रनाथको भोटो हेर्ने दिन सरकारले दियो सार्वजनिक बिदा


  •   बिहिबार, जेठ ११, २०८० मा प्रकाशित
  • काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज बिहीबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्ष अघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिनुभयो । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास गर्ने चलन छ ।

    Advertisement

    भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता लागेको छैन। मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्ष अघि नै सुरु भएको मानिन्छ । किम्वदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोकअर्थात् टौदह लगे ।

    डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।

    मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे तर पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो ।

    आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किम्बदन्तीमा रहेको छ ।

    पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेल जानुहुन्छ । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ ।

    बिहिबार, जेठ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन
    नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी
    भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा
    रास्वपाले आज पत्रकार सम्मेलन गर्दै
    बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने
    देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

    Facebook Page

    लोकप्रिय

    • १.
      अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

    • २.
      रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

    • ३.
      ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

    • ४.
      प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

    • ५.
      महानगरको बजेट २५ अर्ब ७६ करोड

    • ६.
      गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन

    भर्खरै

    • १.
      आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

    • २.
      नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी

    • ३.
      भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

    • ४.
      रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

    • ५.
      बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने

    • ६.
      देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

    • ७.
      एक लाख घुस सहित रंगेहात पक्राउ परे कल्याणपुरका मेयर

    • ८.
      मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, यस्ता छन् निर्णयहरू

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.