काठमाडौँ । बझाङको हिमपहिरोमा बेपत्ता भएका दुई जनाको शव भेटिएको छ । सुर्मा गाउँपालिका ३ काँटेकी ३८ वर्षीया रामकोइला बोहरा र जयपृथ्वी नगरपालिका ११ की १८ वर्षीया रमिता धामीको शव भेटिएको प्रहरीले जनाएको छ ।
आइतबार सुर्मा गाउँपालिकामा गएको हिमपहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए । बेपत्तामध्ये दुई जनाको शव स्थानीयले फेला पारेका हुन् ।
जयपृथ्वी नगरपालिका ११ की १४ वर्षीया जामती धामीको अवस्था भने अज्ञात रहेको छ । उनको खोजी भइरहेको छ । हिपहिरोमा परी दुई जना घाइते भएका छन् । जयपृथ्वी नगरपालिका ११ चैनपुरका आकाश धामी र सुर्मा गाउँपालिका ३ का बाबजी बोहरा घाइते भएका हुन् । बाबजी मृतक रामकोइलाका श्रीमान् हुन् ।