काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीको बैठक बिहीबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।
महामन्त्री डा. डिला संग्रौला पन्तका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीका आन्तरिक विषयमा छलफल हुनेछ ।
उनले पछिल्लो राजनीतिक परिस्थितिबारे पदाधिकारीहरूबीच निरन्तर अनौपचारिक छलफल भइरहेको बताइन् । सरकारले षड्यन्त्र गरिरहेको आरोप लगाउँदै उनले कांग्रेसलाई निराधार विषयसँग जोडेर दुष्प्रचार गरिएको दाबीसमेत गरिन् ।
बैठकमा १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूको कार्यविभाजनबारे पनि छलफल हुने बताइएको छ । असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनबाट नयाँ पदाधिकारी निर्वाचित भए पनि हालसम्म उनीहरूको कार्यविभाजन हुन सकेको छैन ।



