१५ असोज, काठमाडौं । सरकारले संघीय संसद्को चालु अधिवेशन भोलि राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै त्यसका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएको हो। सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।
संघीय संसद्को चालु अधिवेशन २८ वैशाख २०८३ देखि सुरु भएको थियो। यस अवधिमा सरकारले प्रस्तुत गरेको बजेट तथा बजेटसँग सम्बन्धित विभिन्न कानुन पारित भएका छन्।
त्यस्तै, संसद् अधिवेशन नरहेको समयमा सरकारले जारी गरेका अध्यादेश पनि यही अधिवेशनबाट स्वीकृत भएका छन्। ती अध्यादेशले संशोधन गरेका विषय समेटेर ल्याइएका अध्यादेश प्रतिस्थापन विधेयक संसद्बाट पारित भई ऐनमा परिणत भएका छन्।
चालु अधिवेशनमा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुका साथै समसामयिक विषयमा सरकारका तर्फबाट मन्त्रीहरूले संसद्मा सम्बोधन गरेका छन्।
तर, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने सञ्चालन हुन सकेको छैन।
भोलिदेखि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी
भोलिदेखि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी
तपाईको प्रतिक्रिया



