काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
राठौरले महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवारी दिने बताएका हुन्। उनले महाधिवेशन प्रतिनिधि चयन भएपछि काठमाडौं आएर थप छलफल गर्ने बताए।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुँदैछ। सभापतिमा विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले पनि उम्मेदवारी दिने तयारी गरेका छन्। हालसम्म थापा र राठौरको नाम सभापतिका आकांक्षीका रूपमा चर्चामा छ।
राठौरले प्यानल बनाएर चुनाव लड्ने वा अन्य ढंगले उम्मेदवारी दिने भन्ने विषयमा भने पछि निर्णय गर्ने बताएका छन्। कांग्रेसले गुट, उपगुट र प्यानल बनाएर उम्मेदवारी नदिन नेता–कार्यकर्तालाई आग्रह गर्दै आएको छ।
राठौर १४औँ महाधिवेशनमा शेरबहादुर देउवा पक्षबाट सहमहामन्त्री निर्वाचित भएका थिए। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय भएका उनी नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत हुन्।
महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसमा सभापतिसहित विभिन्न पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीहरू खुल्ने क्रम बढेको छ। विशेष महाधिवेशनबाट संशोधन गरिएको विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २३१ सदस्यीय हुनेछ।
कांग्रेस सभापतिमा किशोरसिंह राठौर पनि भिड्ने
कांग्रेस सभापतिमा किशोरसिंह राठौर पनि भिड्ने
तपाईको प्रतिक्रिया



