• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

ट्रक र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

मन्त्री साह र अष्ट्रेलियाली राजदूतबीच भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

ईजीपी पदबाट हटाइएपछि न्याय माग्दै सर्वोच्च पुगे कार्की

विपद् र महँगीले जनता पीडित, सरकारको ध्यान प्रहरी नेतृत्व परिवर्तनमा : आङदेम्बे

वायु प्रदूषण नियन्त्रण र जोखिम न्यूनीकरणमा सतर्कता अपनाउन आग्रह

राष्ट्रिय स्तरको प्रत्यायन केन्द्र स्थापना

अमेरिका–चीन सम्बन्ध सुधार्ने प्रयास, सैन्य हटलाइन प्रभावकारी बनाउने सहमति

कम्पनीको बक्यौता जरिबाना छुटको म्याद पुस मसान्तसम्म थपियो

लोकप्रिय समाचार

  • १. नेपाल–अमेरिका खेलकुद कूटनीति अघि बढाउने विषयमा छलफल

  • २. भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

  • ३. जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन

  • ४. प्रधानमन्त्री बालेनको कार्यकालमा सरकारविरुद्ध कर्मचारीका ९३ मुद्दा

  • ५. भुटानमा बाढीको त्रास, हिमताल विस्फोट भएको हुनसक्ने अनुमान

  • ६. बालेन र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने जनकपुरधाम–अयोध्या विशेष रेल सेवा, सञ्चालनको तयारी अन्तिम चरणमा ।

  • ७. जडीबुटी बेचेर कर्णाली प्रदेशले संकलन गर्यो चार करोड भन्दा बढी राजस्व

  • ८. हामी नै स्टेट हौँ र मेरो इच्छा नै कानुन हो भन्ने भ्रम सरकारले नपाले हुन्छ : गगन थापा

  • ९. गाँजा खेती खुला गर्ने कानुनी व्यवस्था बनाउन सर्वोच्चको आदेश

  • १०. पृथ्वी राजमार्ग सोमबार दिउँसो ३ घण्टा बन्द रहने

देशभरका राजमार्ग अस्तव्यस्त, बाढीपहिरोले दुई मोटरेबल पुल बगायो


  •   आइतबार, असोज ११, २०८३ मा प्रकाशित
  • काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोले देशभरका प्रमुख राजमार्ग तथा सडक सञ्जालमा ठूलो क्षति पुर्‍याएको छ। दसैं, तिहार र छठजस्ता मुख्य चाडपर्व नजिकिँदै गर्दा सडक अवरुद्ध भएपछि लामो दूरीको यात्रा प्रभावित भएको छ।

    Advertisement

    सडक विभागका अनुसार पछिल्लो बाढीपहिरोले पृथ्वी, बीपी, मध्यपहाडी, कर्णाली, राप्ती, सिद्धार्थ, अरनिको, कान्ति, सिद्धिचरणलगायत राजमार्गका विभिन्न खण्डमा क्षति पुर्‍याएको छ। केही स्थानमा पहिरो हटाएर यातायात सञ्चालनमा ल्याइए पनि कतिपय सडकमा तत्काल यातायात सुचारु गर्न कठिन देखिएको छ।

    काठमाडौंलाई पश्चिम नेपालसँग जोड्ने पृथ्वी राजमार्गको कृष्णभिर, तिङ्ग्राङखानी, चालिसे, बाङ्गेलगायत स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। कृष्णभिर र धादिङको पहरेभीरमा पहिरो हटाउने काम थालिएको छ। नागढुंगा–मुग्लिन सडकखण्डमा मात्रै करिब १० स्थानमा पहिरो गएको जनाइएको छ।

    मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी खोलामा खसेको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याइएको छ। तर वर्षा नरोकिएसम्म उक्त सडकखण्ड जोखिममुक्त नरहेको सडक विभागले जनाएको छ।

    यता, बीपी राजमार्गमा पहिरोले सडक र डाइभर्सनसमेत बगाएपछि यातायात सञ्चालन तत्काल सम्भव नरहेको विभागले जनाएको छ। माम्ती, पिप्ले, दाउन्ने कालोपुल, कटुन्जे र चौकीडाँडालगायत स्थानमा सडक अवरुद्ध भएको छ।

    मध्यपहाडी राजमार्गको बागलुङ खण्डमा पनि बाढीपहिरोले ठूलो क्षति गरेको छ। घोडाबाँधे–हटिया, नरेठाँटी, काफलठुटा, झाँक्रीस्थान र चौराहालगायत स्थानमा सडकमा क्षति पुगेपछि मेसिन परिचालन गरेर मर्मत तथा पहिरो हटाउने काम भइरहेको छ।

    बाढीले सडक मात्र होइन, दुई महत्वपूर्ण मोटरेबल पुलसमेत बगाएको छ। बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर–नौलीबजार जोड्ने पुल कालीगण्डकी नदीले बगाएको छ। त्यस्तै स्याङ्जाको मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने मोटरेबल पुलसमेत कालीगण्डकीको बाढीले बगाएको छ।

    यसैगरी कालीगण्डकी करिडोर, तमोर करिडोर, राप्ती राजमार्ग, कर्णाली राजमार्ग, भालुबाङ–चकचके–लिवाङ, बेँसीसहर–चामे, सिद्धार्थ राजमार्ग तथा अरनिको राजमार्गका विभिन्न स्थानमा समेत बाढीपहिरोका कारण यातायात प्रभावित भएको छ।

    सडक विभागले पहिरो गएको स्थानमा तत्काल मेसिन तथा जनशक्ति परिचालन गरी सडक खुलाउने काम भइरहेको जनाएको छ। तर लगातार वर्षा भइरहेकाले खुलाइएका सडकसमेत जुनसुकै बेला पुनः अवरुद्ध हुनसक्ने जोखिम कायम रहेको छ।

    • बाढीपहिरोले दुई मोटरेबल पुल बगायो
    आइतबार, असोज ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक
    ट्रक र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो
    मन्त्री साह र अष्ट्रेलियाली राजदूतबीच भेट, द्विपक्षीय सम्बन्धबारे छलफल
    ईजीपी पदबाट हटाइएपछि न्याय माग्दै सर्वोच्च पुगे कार्की
    विपद् र महँगीले जनता पीडित, सरकारको ध्यान प्रहरी नेतृत्व परिवर्तनमा : आङदेम्बे
    वायु प्रदूषण नियन्त्रण र जोखिम न्यूनीकरणमा सतर्कता अपनाउन आग्रह

    Facebook Page

    लोकप्रिय

    • १.
      नेपाल–अमेरिका खेलकुद कूटनीति अघि बढाउने विषयमा छलफल

    • २.
      भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

    • ३.
      जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन

    • ४.
      प्रधानमन्त्री बालेनको कार्यकालमा सरकारविरुद्ध कर्मचारीका ९३ मुद्दा

    • ५.
      भुटानमा बाढीको त्रास, हिमताल विस्फोट भएको हुनसक्ने अनुमान

    • ६.
      बालेन र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने जनकपुरधाम–अयोध्या विशेष रेल सेवा, सञ्चालनको तयारी अन्तिम चरणमा ।

    भर्खरै

    • १.
      समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

    • २.
      ट्रक र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

    • ३.
      मन्त्री साह र अष्ट्रेलियाली राजदूतबीच भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

    • ४.
      ईजीपी पदबाट हटाइएपछि न्याय माग्दै सर्वोच्च पुगे कार्की

    • ५.
      विपद् र महँगीले जनता पीडित, सरकारको ध्यान प्रहरी नेतृत्व परिवर्तनमा : आङदेम्बे

    • ६.
      वायु प्रदूषण नियन्त्रण र जोखिम न्यूनीकरणमा सतर्कता अपनाउन आग्रह

    • ७.
      राष्ट्रिय स्तरको प्रत्यायन केन्द्र स्थापना

    • ८.
      अमेरिका–चीन सम्बन्ध सुधार्ने प्रयास, सैन्य हटलाइन प्रभावकारी बनाउने सहमति

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.