काठमाडौँ, ८ असोज । काभ्रेको रोशी गाउँपालिका–७ कटुन्जेबाट थानसिंहतर्फ जाँदै गरेको यात्रुबाहक बस खोलामा फसेको छ ।
थानसिंह जाने भित्री सडकखण्डअन्तर्गत खरिबोटमा खोला तर्ने क्रममा बस बीचमै फसेको हो ।
बस खोलामा फसेको सूचना पाएपछि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस भकुण्डेबेँसीबाट असई सुमन बुढाथोकीको कमाण्डमा १० जनाको विपद् व्यवस्थापन टोली परिचालन गरिएको थियो ।
प्रहरीका अनुसार बसमा सवार यात्रुलाई सुरक्षित स्थानमा सारिएको छ । घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।
काभ्रेमा बस खोलामा फस्यो, यात्रुहरू सुरक्षित
काभ्रेमा बस खोलामा फस्यो, यात्रुहरू सुरक्षित
तपाईको प्रतिक्रिया



