काठमाडौँ । नेपाली कांग्रेसका सांसद भरत खड्का प्रतिनिधिसभा बैठक जारी रहेकै समयमा ढलेका छन् ।
बिहीबार आफ्नो बोल्ने समयमा बोलेर सिटमा रहेका खड्का बसेकै ठाउँमा ढलेका हुन् ।
त्यसपछि संसद् भवनमै उनको स्वास्थ्य जाँच गरिएको छ । सामान्य उपचारपछि एम्बुलेन्समा राखेर थप उपचारका लागि वीर अस्पताल लगिएको छ ।


