काठमाडौँ । भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित भएका २६० जनालाई राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विभागले उद्धार गरेको छ ।
मेडिकल टोली सहितको टिमले बालबालिका, महिला र ज्येष्ठ नागरिक गरी २६० जनालाई उद्धार गरिएको मेडिकल डिपार्टमेन्ट प्रमुख कृष्ण थापाले जानकारी दिए ।
उद्धार गरिएकोलाई काठमाडौँमा रहेको पहेँलो गुम्बामा राखिएको उनले जानकारी दिए ।
भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ चितवन लगायतको जिल्लाहरुमा क्षति पुर्याएको थियो ।


