काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद्मा सरकारको साथमा छौँ भन्नुको अर्थ गलत कामलाई समर्थन गर्न नसकिने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै राम्रो काम गर्दा साथ र समर्थन दिने बताए।
उनले भने, ‘बाटो बिराउँछ, खबरदारी र प्रश्न पनि छ। खास सहयोग यही होइन र ? प्रलयकारी त्यो बाढी आएको एक साता बितिसक्यो। सबै ठीकठाक भइरहेको छ तरु जब ठीकठाक हुँदैन, हामीले मौनता साध्यौँ, खबरदारी गरेनौँ भने कर्तव्यबाट विमुख रहेको ठहर्छ। त्यसैले यो पूर्वाग्रह होइन, प्रश्न हो।’
सरकारलाई कमजोर नभई प्रभावकारी बनाउन प्रश्न गरिरहेको बताए।
सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय भएको बताए। सरकार फिल्डमा नभई सामाजिक सञ्जालमा मात्रै देखिएको टिप्पणी गरे। उनले सरकार सामाजिक सञ्जालमा अल्झिएको भन्दै फिल्डमा भन्दा फेसबुकमा मात्रै देखिएको बताए।


