काठमाडौँ । नेपालमा गत हप्ता गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको सहयोगस्वरुप अमेरिकाबाट ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री नेपाल आइपुगेको छ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी मानवीय संस्था सामारिटन्स पर्सले पठाएको राहत सामग्री काठमाडौं आइपुगेको हो।
राहत सामग्रीमा पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ सामग्री र सौर्य बत्तीलगायतका सामग्री छन्।
यी सामग्रीले बाढी प्रभावित क्षेत्रमा स्थानीयस्तरमा काम गरिरहेका संस्थामार्फत २ हजार ६ सय परिवारलाई सहयोग पुग्ने दूतावासले जनाएको छ।


