काठमाडौँ । श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठक धरानमा सुरू भएको छ । बैठकमा सुदन किराती समूहलाई भने प्रवेश निषेध गरिएको छ ।
पूर्वमन्त्री किराती समूहसँग पार्टी एकता भएको ४ महिनापछि पहिलोपटक बसेको बैठकमा किराती समूहलाई भने बोलाइएको छैन ।
किराती समूहबाट एकजना उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य सहित १८ जना पार्टी एकतामा समावेश भए । एकताअघि श्रम संस्कृतिमा २३ केन्द्रीय सदस्य रहेकोमा एकतापछि ४१ सदस्यीय बनेको थियो । सुदन समूहका केही केन्द्रीय सदस्य समेत बैठक स्थलमा पुगेका थिए । तर, ‘तपाँइहरूसँग भोलि बैठक बस्ने’ भन्दै प्रवेश गर्न दिइएको छैन ।
बैठकमा नै पस्न नदिएको विषयले एकता नै प्रभावित हुने अवस्था सिर्जना भएको किराती निकट नेताहरूले बताएका छन् । सुदनले आफ्नो टीममा धरानमै छुट्टै रणनीतिक छलफलसमेत गर्दै छन् ।


