काठमाडौँ । श्री केश हेयर तेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १ सय १ रुपैयाँ सहयोग प्रदान गरेको छ ।
रसुवा, नुवाकोट र धादिङमा बाढीले पुर्याएको जनधनको क्षतिबाट प्रभावितहरूको राहत तथा पुनः स्थापनामा सहयोग पुऱ्याउने उद्देश्यले उनले उक्त रकम प्रदान गरेका हुन् ।
विपद्को कठिन घडीमा सरकारलाई केही मात्रामा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको सञ्चालक टिकाराम बुढाथोकीले जानकारी दिए । अहिले निजी क्षेत्र, व्यवसायी तथा आम नागरिकले सरकारलाई आर्थिक सहयोग गरिरहेका छन् ।


