काठमाडौँ । यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपश्चात् आइतबार खोज तथा उद्धार कार्यलाई पाँच जलविद्युत् आयोजनामा केन्द्रित गरिएको छ ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, रसुवा–भोटेकोसी, लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार कार्य केन्द्रित गरिएको हो ।
बस्नेतका अनुसार त्रिशूली थ्री ए, बी, युटी १, २ र चिलिमे परियोजनाका सुरुङको द्वार खोल्ने काममा सेना खटिएको हो । तर, अहिलेसम्म कोही पनि मानिसको उद्धार भएको छैन ।
तीमध्ये एउटा सुरुङ खोस्रिनका लागि ९२ जना सैनिक जनशक्ति परिचालित भएको र अन्यमा परिचालित जनशक्तिबारे केही समयपछि जानकारी दिन सकिने प्रवक्ता बस्नेतले बताएका छन् ।


