काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी प्रभावितको खोजी, उद्धार तथा राहतको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
पार्टीको तर्फबाट अहिलेसम्म भए गरेका कामबारे ब्रिफिङ लिएपछि सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन्।
खोजी, उद्धार र राहतको काममा प्रभावकारी भूमिका खेल्न पार्टीको सम्पूर्ण तह र निकायलाई निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले बताए।


