काठमाडौँ । नेपाल–चीन सीमानजिकै हिम पहिरोका कारण बनेको कृत्रिम तालको पानि सबै बगेको छ ।
तालको पानि पूर्ण रूपमा निकास भएर सामान्य अवस्थामा फर्किएको चीनको जलस्रोत मन्त्रालय र चिनियाँ केन्द्रीय टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै चाइना डेलीले जनाएको छ ।
नेपालको ‘छोछेन खोला’ र चीनतर्फको ‘पुरेपु साङ्पो’ नदीको संगमस्थल नजिकै थुप्रिएर बनेको उक्त कृत्रिम तालमा करिब २० लाख घनमिटर पानी सञ्चित भएको थियो ।
जलस्रोत मन्त्रालयको जलवैज्ञानिक आपत्कालीन अनुगमन टोलीका अनुसार, प्राकृतिक रूपमा स्वतः पानी बगेर तालमा थुप्रिएको जलभण्डार अहिले पूर्ण रूपमा रीत्तिएको छ ।


