काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णय गरेको छ ।
राष्ट्रपति सि जिनपिङको अध्यक्षतामा आज बसेको सीपीसीको राजनीतिक ब्यूरोको बैठकले केरुङ क्षेत्रमा आएको बाढीको विश्लषेण गर्दै त्यसक्रममा नेपाललाई पनि सहयोग गर्ने निर्णय गरेको सिन्ह्वाले जनाएको छ ।
राष्ट्रपति सीको अध्यक्षतामा आज बसेको बैठकमा उनले विनाशकारी पहिरोपछि जारी उद्धार तथा राहत कार्यबारे छलफल गरी आवश्यक व्यवस्था गर्न निर्देशन दिए ।
बैठकको सुरुवातमा चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सी चिनफिङ र अन्य नेताहरूले बुधबार ग्यिरोङको सीमा नाकामा गएको प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौनधारण गरेका थिए।


