काठमाडौँ । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको र फेरि बाढी आउन सक्ने भन्दै नुवाकोटमा प्रहरीले माइकिङ गर्न थालेको छ ।
रसुवातर्फबाट फेरि बाढीको सूचना प्राप्त भएको जनाउँदै प्रहरीले नदीनजिक नजान भन्दै माइकिङ गरेको हो ।
त्यस्तै रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको बताएका छन् ।
भदौ १० गते भोटेकोसी नदीमा अचानक बाढी आउँदा रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो जनधनको क्षति गरेको छ ।


