काठमाडौँ । अस्ट्रेलिया सरकारले नेपालका बाढी तथा पहिरो प्रभावित समुदायका लागि ५० लाख अस्ट्रेलियन डलर (करिब ३५ लाख अमेरिकी डलर) बराबरको सहायता प्याकेज घोषणा गरेको छ ।
अस्ट्रेलियाको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा उक्त सहायता रकम खाद्यान्न, आपत्कालीन आश्रय, पिउने पानी तथा सरसफाइजस्ता तत्काल आवश्यक मानवीय सहायता तथा पुनरुत्थानका कार्यमा खर्च गरिने बताइएको छ ।
अस्ट्रेलियाले प्रभावित आफ्ना नागरिकको सहयोगका लागि अतिरिक्त कर्मचारी खटाउनुका साथै आगामी ४८ घण्टाभित्र तीनजना आपतकालीन मानवीय सहायताविज्ञ सम्मिलित टोली नेपाल पठाउने तयारी गरेको जनाएको छ ।


