काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी–बैरेनी सडकखण्डमा बिहीबार बेलुकादेखि एकतर्फी रूपमा यातायातका साधन सञ्चालनमा ल्याइएको छ ।
राजमार्गको जरिखेतखण्डमा पुल बगाएर बाटो समेत छोपिएकामा अहिले त्यहाँको माटो तथा गेग्य्रान हटाएर यातायात सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ ।
जरिखेतखण्डमा यातायात सञ्चालन भएसँगै अब मलेखुतर्फका पोखरी, बाँगे र गलौदी क्षेत्रमा जम्मा भएको लेदो हटाउने कार्य थालिएको छ । ती स्थानमा करिब ७०० मिटर लेदो हटाउनुपर्ने अवस्था रहेको विभागले जनाएको छ ।


