काठमाडौं । भोटेकोसी बाढीमा सर्वदलीय बैठकपछि १० बुँदे अपिल जारी भएको छ । रास्वपाका सभापति रवि लामिछानेले डाकेको बैठकबाट १० बुँदे संयुक्त अपिल जारी भएको हो ।
जसमा विपद्को बेलामा गर्ने सहयोग राजनीतिक लोकप्रियता वा स्वार्थपूर्तिको माध्यम बन्न नहुने उल्लेख छ ।
आर्थिक संकलनमा सरकारी एकद्वार प्रणालीको पालना गर्नुपर्ने अपलिमा भनिएको छ । सामाजिक सञ्जालको विवेकसम्मत प्रयोग गरी संवेदनशील सूचना प्रवाह गर्न आग्रह गरिएको छ ।


