काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले राष्ट्रिय विपद् घोषणा गरी तत्काल उद्धार र विपद् व्यवस्थापनमा परिचालन गर्न सरकारलाई आग्रह गरेकी छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले विपद् व्यवस्थापन कोष परिचालन गरी सांसद र कर्मचारीको यथोचित रकम कट्टा गर्ने व्यवस्था मिलाउन आग्रह गरिन् । उनले आफ्नो दुई महिनाको तलब कोषमा जम्मा गर्न आग्रह गरिन् ।
“आजै राष्ट्रिय विपद् कोष गठन वा परिचालन गरी सम्पूर्णलाई सहयोगको पहल गर्ने, सांसदलगायत सम्पूर्ण कर्मचारीको तलबबाट यथोचित कट्टा गरी कोषमा जम्मा गर्ने,” उनले भनिन्, “मेरो हकमा मेरो दुई महिनाको तलबभत्ता कोषमा जम्मा गरियोस् ।”


