प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले चीनको तिब्बत क्षेत्रबाट आएको बाढीमा फसेकाको उद्दार गर्न नसकेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद केसीले नुवाकोट सदरमुकामबाट १० मिनेटको पैदलदुरीमा एउटा घरको छतमा मानिसहरु फसिरहेको बताएका हुन्।
‘म बैठकमा आउँदासम्म घरको छतमा बसेर बचाऊ, बचाऊ भनिरहेका छन्’, केसीले भने,’उद्दार हुन सकेको छैन।’


