काठमाडौँ । रसुवामा ड्युटीमा गएका ९ जना सशस्त्र प्रहरी सम्पर्कबिहीन भएका छन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी निरीक्षकको कमाण्डको टोली ड्युटीमा खटिएको हो।
अहिले उक्त ९ जनाको टोली सम्पर्कबिहीन भएको उनले बताए । उनीहरूलाई सम्पर्क गर्ने प्रयास गरिए पनि अहिलेसम्म सम्पर्क हुन नसकेको बताए ।
रसुवामा एक्कासि आएको बाढीले अहिले ठूलो क्षति भएको छ ।


