काठमाडौँ । काठमाडौंको बानेश्वरमा महिला प्रहरीमाथि हातपात भएको छ।
मंगलबार बिहान काठमाडौंको बानेश्वरमा खटिएकी महिला प्रहरी जवानमाथि एक पुरूषले हातपात गरेका हुन्।
आक्रमण गर्ने जुम्ला घर भएका २७ वर्षीय राज कठायत नाम गरेको युवकलाई पक्राउ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
महिला प्रहरी जवानले जथाभावी बाटो काट्न खोजेका ती पुरूषलाई आकाशे पुलको प्रयोग गर्न अनुरोध गरेको र त्यहि क्रममा हातपात भएको कार्यालयले जनाएको छ ।
उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान सुरु गरिएको छ ।


