काठमाडौँ । प्रतिनिधिसभाकी सांसद उर्मिलाकुमारी गच्छदारले जघन्य अपराधको घटनामा जबरजस्ती मिलापत्र गराउनेलाई हदैसम्मको सजाय कानुनमा सुनिश्चित गर्न माग गरेकी छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै एउटा सालिक ठड्याएर ३ वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ? भन्दै प्रश्न गरिन् ।
उनले भनिन्,’सहमति पत्रले तत्काल आन्दोलन रोक्न त सक्ला । राहतले क्षणिक पीडा त कम गर्ला, तर यसले दीर्घकालीन न्यायको अनुभूति र राज्यको विश्वास पुनर्स्थापित गर्न सक्दैन ।’
सडक तात्ने बित्तिकै मन्त्रीहरू आफैँ जुर्मुराउने र स्थानीय प्रशासनलाई निकम्मा बनाउने शैलीले स्थानीय सरकार र स्थानीय प्रशासनमाथिको जनविश्वास निरन्तर घटिरहेको उनको भनाइ छ ।


