काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विपिन कुमार आचार्यले गृह मन्त्रालयमा बनाइएको गरिमा चौधरीको आमाबुबाको धन्यवाद भिडियोको विरोध गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले हामी कस्तो समाज बनाइरहेका छौँ भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका छन्, हामीले कस्तो समाज बनाइरहेका छौँ । जहाँ मृतकको आमाबुबाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ । र कहीँ मेडिकल गर्दै गर्दा बोलिएको कुरालाई सामाजिक सञ्जालमा राखिन्छ । यस्तो कुरा बन्द गर्नपर्छ ।
वार्ताका लागि काठमाडौँ आएका गरिमा चौधरीका आमाबुबाले सहमतिपछि हामी खुसी छौ भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा हालेका थिए ।


