काठमाडौँ । लघुवित्त पीडितहरु र नेपाल सरकारबिच १४ बुँदे सहमति भएको छ । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारबिच शनिबार १४ बुँदे सहमति भएको हो ।
सरकारसँग सहमति भएपछि पीडितहरु आज आ-आफ्नो घर फर्किएका छन्। वार्तामा १४ बुँदे सहमति भएसँगै धर्ना कार्यक्रम स्थगित भएको छ।
सहमति पश्चात् आइतबार बिहान ८:५० बजेदेखि सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ।
विभिन्न सरकारी निकायका अधिकारीहरुको उपस्थितिमा ३२३ जना ऋणीहरूलाई ८ वटा बसमार्फत बिदाइ गरिएको छ।


