काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले हालै गृहजिल्ला गोरखामा ‘भोट फिर्ता लैजानुस्’ भनेर दिएको अभिव्यक्ति जोक भएको बताएका छन् ।
रास्वपा संसदीय दलको बैठकबाट बाहिरिने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले मतदातासँग जोक गरेको बताए । ‘हामी त्यहाँभित्र बसेर सल्लाह गरेको कुरा जोक होइन त ?’ भोट फिर्ता कसरी गर्न मिल्ने रहेछ भन्ने पत्रकारको प्रश्नमा उनले थपे,’आफ्नो मतदातासँग जोक गर्नु हुँदैन त ?’
आफ्नो निर्वाचन क्षेत्र पुगेका मन्त्री गुरूङले साउन ३१ गते गोरखाको सहिद लखन गाउँपालिका-९ नामजुङमा स्थानीयहरूबीचको छलफलका क्रममा ‘भोट फिर्ता लैजानुस्’ भनेका थिए।
त्यतिबेला ल्याब सञ्चालनका लागि पहल गर्ने र आगामी बजेटमा यो कार्यक्रम पार्ने भनेर चुनावताका सुधनले गरेको प्रतिबद्धताबारे सहभागीहरूले प्रश्न गरेका थिए।


