काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई जवाफ दिन निर्देशन दिएका हुन् ।
सांसदहरूले विभिन्न समसामयिक विषय र सरकारको कार्यशैलीलाई लिएर उठाएका प्रश्नको सम्बोधन नभएको भन्दै ध्यानाकर्षण गराएपछि सभामुखबाट यस्तो रुलिङ आएको हो ।


