• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ ०१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

आजदेखि श्रमिक उडान ठप्प

खपत ४६ हजार तर ५५ हजार मेट्रिक टन ग्यास आउँदा पनि किन अभाव ?

कांग्रेस इतर समूहको भेलामा धर्मको विषयलाई लिएर शीर्ष नेताबीच भनाभन

हाजिरी गरेर ‘टाप’ कस्ने सांसदको खोजीमा रास्वपा, ७ दिनभित्र प्रतिवेदन माग

नेपालमा ढुक्कले लगानी गर्न एनआरएनएलाई अर्थमन्त्रीको आग्रह 

रवि लामिछानेको चीन भ्रमणको मिति सर्‍यो, मानसरोवर जाने कार्यक्रम पनि तय

इन्डोनेसियामा भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेपालद्वारा दुःख

सुनको मूल्य तोलामा ३६ सयले बढ्यो

पत्रकार किशोर श्रेष्ठ महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा, सोमबार सर्वोच्चमा उपस्थित गराइने

लोकप्रिय समाचार

  • १. सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छा सँग एक करोड धरौटी माग

  • २. पोखरा विमानस्थल कर छुट प्रकरण : पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा रिहा

  • ३. नापजाँच भएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारको हातमा लालपुर्जा

  • ४. देउवा स्वदेश फर्किंदै, इतर समूहको शक्ति प्रदर्शनसहित भव्य स्वागतको तयारी

  • ५. कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १३२ जनाको मृत्यु

  • ६. रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता

  • ७. रोल्पामा मध्यरातको पहिरोले मच्चायो वितण्डा : ३ जनाको मृत्यु, ९ बेपत्ता

  • ८. ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बनाए ‘विज्ञ टिम’, चार सल्लाहकारलाई जिम्मेवारी

  • ९. रवि लामिछानेको चीन भ्रमणको मिति सर्‍यो, मानसरोवर जाने कार्यक्रम पनि तय

  • १०. पत्रकार किशोर श्रेष्ठ महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा, सोमबार सर्वोच्चमा उपस्थित गराइने

नारायणीको भेलसँग जुध्दै सुस्ता : गाउँ जोगाउन स्थानीय र सुरक्षाकर्मीको रातदिन श्रम


  •   सोमबार, साउन २५, २०८३ मा प्रकाशित
  • पश्चिम नवलपरासी । नारायणी नदीको सतह बढेसँगै पश्चिम नवलपरासीको सुस्ता फेरि बाढी र कटानको त्रासमा परेको छ। नदीको बहाव बस्तीको नजिकिँदै गएपछि स्थानीयवासी आफ्नै हातमा बोरा र बालुवा बोकेर गाउँ जोगाउने अभियानमा जुटेका छन्।

    Advertisement

    सुस्ता गाउँपालिका–५ को थारुटोलदेखि सीमावर्ती सिमलको रुख आसपाससम्म अहिले अस्थायी तटबन्ध बनाउने काम तीव्र पारिएको छ। स्थानीयसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली पनि श्रमदानमा सहभागी भएका छन्।

    नदीले बस्ती कटान गर्न नपाओस् भनेर बालुवा र माटो बोरामा भरिन्छ, त्यसलाई नाइलनको डोरीले बाँधिन्छ र नदी किनारमा तह मिलाएर राखिन्छ। ठूलो संरचना निर्माण गर्ने स्रोत र समय तत्काल उपलब्ध नभएपछि यही उपायमार्फत जोखिम टार्ने प्रयास भइरहेको हो।

    सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार स्थानीय र सुरक्षा निकायका टोलीले चौबीसै घण्टा काम गरिरहेका छन्। नदीको बहाव थप बढ्न सक्ने भएकाले बनाइएको संरचनालाई निरन्तर बलियो बनाउने तयारी गरिएको छ।

    ‘अहिले हामीसँग विकल्पभन्दा पनि गाउँ जोगाउने चुनौती ठूलो छ,’ जैसवालले भने, ‘स्थायी तटबन्ध नबन्दासम्म स्थानीयकै श्रम र उपलब्ध सामग्री प्रयोग गरेर तत्कालको जोखिम कम गर्ने प्रयास गरिरहेका छौँ।’

    सुस्ताको समस्या भने यस वर्षको वर्षायामसँग मात्र सीमित छैन। नारायणीको कटान र डुबानले यहाँका बस्ती वर्षौंदेखि प्रभावित हुँदै आएका छन्। त्यसैले स्थानीयका लागि अहिलेको अस्थायी तटबन्ध तत्कालको सुरक्षा कवच मात्रै हो।

    यसअघि स्थायी तटबन्ध निर्माणका लागि नारायणी सिँचाइ तथा जल उत्पन्न प्रकोप व्यवस्थापन आयोजना, भरतपुरले ठेक्का प्रक्रियामार्फत काम अघि बढाउने तयारी गरेको थियो। तर सीमावर्ती क्षेत्रसँग जोडिएको विषयमा भारतीय पक्षबाट अनुमति र समन्वयको प्रश्न उठेपछि काम अघि बढ्न नसकेको स्थानीयको भनाइ छ।

    केही दिनअघि स्थानीयले बनाएको अस्थायी तटबन्ध भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भत्काएको आरोप सार्वजनिक भएपछि सुस्ताको तटबन्धसम्बन्धी विषय थप चर्चामा आएको थियो। त्यसपछि स्थानीय, प्रशासन र सम्बन्धित निकायबीच छलफल बढेपछि अहिले तत्कालका लागि अस्थायी संरक्षणको कामलाई निरन्तरता दिइएको हो।

    जोखिम घटाउन नारायणी सिँचाइ तथा नेपाल गण्डक पश्चिम नहर सिँचाइ व्यवस्थापन कार्यालयले बोरा र नाइलनको डोरी उपलब्ध गराएको छ। बाँकी सामग्री स्थानीयले समेत जुटाइरहेका छन्।

    स्थानीयको भनाइमा नारायणीको पानी बढ्दै जाँदा अस्थायी संरचनाले कति समय धान्छ भन्ने निश्चित छैन। त्यसैले हरेक वर्ष बाढी आउँदा बोरा बोक्नुपर्ने अवस्था अन्त्य गर्न दीर्घकालीन र बलियो तटबन्ध निर्माण नै सुस्ताको मुख्य आवश्यकता भएको उनीहरू बताउँछन्।

    सीमावर्ती क्षेत्रको प्रशासनिक तथा प्राविधिक जटिलता समाधान गर्दै नेपाल र भारतका सम्बन्धित निकायबीच आवश्यक समन्वय गरेर स्थायी तटबन्ध निर्माण अघि बढाउनुपर्ने स्थानीयको माग छ।

    • सुस्ता
    • सुस्तामा सीमा विवाद
    सोमबार, साउन २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आजदेखि श्रमिक उडान ठप्प
    खपत ४६ हजार तर ५५ हजार मेट्रिक टन ग्यास आउँदा पनि किन अभाव ?
    कांग्रेस इतर समूहको भेलामा धर्मको विषयलाई लिएर शीर्ष नेताबीच भनाभन
    हाजिरी गरेर ‘टाप’ कस्ने सांसदको खोजीमा रास्वपा, ७ दिनभित्र प्रतिवेदन माग
    नेपालमा ढुक्कले लगानी गर्न एनआरएनएलाई अर्थमन्त्रीको आग्रह 
    इन्डोनेसियामा भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेपालद्वारा दुःख

    Facebook Page

    लोकप्रिय

    • १.
      सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छा सँग एक करोड धरौटी माग

    • २.
      पोखरा विमानस्थल कर छुट प्रकरण : पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा रिहा

    • ३.
      नापजाँच भएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारको हातमा लालपुर्जा

    • ४.
      देउवा स्वदेश फर्किंदै, इतर समूहको शक्ति प्रदर्शनसहित भव्य स्वागतको तयारी

    • ५.
      कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १३२ जनाको मृत्यु

    • ६.
      रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता

    भर्खरै

    • १.
      आजदेखि श्रमिक उडान ठप्प

    • २.
      खपत ४६ हजार तर ५५ हजार मेट्रिक टन ग्यास आउँदा पनि किन अभाव ?

    • ३.
      कांग्रेस इतर समूहको भेलामा धर्मको विषयलाई लिएर शीर्ष नेताबीच भनाभन

    • ४.
      हाजिरी गरेर ‘टाप’ कस्ने सांसदको खोजीमा रास्वपा, ७ दिनभित्र प्रतिवेदन माग

    • ५.
      नेपालमा ढुक्कले लगानी गर्न एनआरएनएलाई अर्थमन्त्रीको आग्रह 

    • ६.
      रवि लामिछानेको चीन भ्रमणको मिति सर्‍यो, मानसरोवर जाने कार्यक्रम पनि तय

    • ७.
      इन्डोनेसियामा भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेपालद्वारा दुःख

    • ८.
      सुनको मूल्य तोलामा ३६ सयले बढ्यो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.