हेटौंडा । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा (एमाले)ले अन्ततः जगन्नाथ थपलियाको नाममा सहमति जुटाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित निवासमा शुक्रबार राति भएको छलफलपछि थपलियालाई मुख्यमन्त्री बनाउने निर्णय भएको एमालेका सांसद तथा पूर्वमन्त्री मधुसूदन पौडेलले जानकारी दिए।
मुख्यमन्त्रीका अर्का आकांक्षी किरण थापा मगर पनि दौडमा रहे पनि अन्ततः थपलियाको पक्षमा सहमति बनेको हो।
केन्द्रमा एमाले–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच भएको सत्ता साझेदारी सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने भएको छ। तर प्रदेशसभामा एमालेका २५ र नेकपाका २६ गरी ५१ सांसद मात्र भएकाले सरकार गठनका लागि आवश्यक ५३ सदस्यीय बहुमत पुग्न अझै २ सांसद अपुग छ।
यही कारण सरकार गठनमा राप्रपा निर्णायक बनेको छ। एमालेले बहुमत जुटाउन राप्रपासँग छलफल भइरहेको जनाएको छ।


