७ साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग तथा व्यवसाय प्रवर्द्धनका लागि निजी क्षेत्रसँगको संवादलाई निरन्तरता दिएका छन्। यही क्रममा आज नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बिहान ८८११स्३० बजे८८ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने छलफलमा नेपालमा जैविक ९अर्ग्यानिक० कृषि उत्पादन, प्रशोधन, व्यापार तथा उपभोग प्रवर्द्धनसँग सम्बन्धित विषयमा विचार–विमर्श हुनेछ।
छलफलमा नेपाल अर्ग्यानिक संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा, गोर्खा टी इस्टेटका अध्यक्षउदय चापागाईं, हिमालयन सांग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष परशुराम आचार्य सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नेपाल अर्ग्यानिक संघ जैविक कृषि उत्पादन, प्रशोधन, व्यापार र उपभोगको प्रवर्द्धनका लागि काम गर्ने संस्था हो। संघले अर्ग्यानिक उत्पादनको विस्तार, बजारीकरण, निर्यात प्रवर्द्धन तथा यस क्षेत्रमा देखिएका नीतिगत र व्यावहारिक समस्याबारे प्रधानमन्त्रीसमक्ष आफ्ना सुझाव राख्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहले पछिल्लो समय विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीसँग नियमित छलफल गर्दै उनीहरूका समस्या, सुझाव र मागबारे प्रत्यक्ष जानकारी लिने तथा जायज माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्। सोही अभियानअन्तर्गत अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग पनि आज संवाद हुन लागेको हो।
अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
तपाईको प्रतिक्रिया


