कीर्तिपुरमा पार्किङ्ग गरेर राखिएको कारमा अचानक आगलागी कार भित्र भेटियो एक जनाको पुरुषको शव,,
काठमाडौंको कीर्तिपुरमा आगलागी भएको कारभित्रबाट एक पुरुषको शव फेला परेको छ। यो घटनाले यतिबेला स्थानीय क्षेत्रमा सनसनी मच्चाएको छ।
कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा पार्किङ गरिएको बा ५ च ३०३८ नम्बरको कारमा अचानक आगलागी भएको थियो। आगो नियन्त्रणमा लिएपछि प्रहरीले कारभित्रबाट एक cपुरुषको शव निकालेको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार शवको पहिचान खुल्न बाँकी रहेको छ। प्रारम्भिक अनुसन्धानमा उक्त कार नबिल बैंकको नाममा दर्ता रहेको खुलेको प्रहरीले जनाएको छ।
कारमा आगलागी कसरी भयो? शव कारभित्र कसरी पुग्यो? यी सबै विषयमा प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ।
घटनाको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट र अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।


