• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. सांसद भरत खड्का संसद् बैठकमै ढले

जातकै कारण युवाले ज्यान गुमाएपछि रास्वपाकै केन्द्रीय सदस्य बिजय जैरु फेसबुकमा न्याय माग्दै !


  •   शनिबार, असार २७, २०८३ मा प्रकाशित
  • कञ्चनपुर । गैरदलित परिवारकी युवतीसँग प्रेम सम्बन्ध र विवाहको निर्णय गरेकै कारण एक दलित युवाले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको घटनाले नेपाली समाजमा अझै कायम रहेको जातीय विभेद, सामाजिक असमानता र राज्य संयन्त्रको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ।

    Advertisement

    कञ्चनपुरको कृष्णपुर नगरपालिकामा भएको उक्त घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य विजय जैरुले न्याय प्रक्रियामाथि प्रश्न उठाउँदै पीडित परिवारलाई तत्काल न्याय दिलाउन माग गरेका छन्। दलित समुदायमाथि हुने विभेद अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै आएको राज्यले नै पीडितलाई न्याय दिलाउन ढिलाइ गर्नु दुःखद भएको उनको भनाइ छ।

    केन्द्रीय सदस्य जैरुले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “एउटा दलित परिवारको छोराले गैरदलित परिवारकी छोरीसँग प्रेम सम्बन्ध राखेकै कारण आज मृत्युको मुखसम्म पुग्नुपर्ने अवस्था सिर्जना भयो। यो कुनै एक व्यक्तिमाथिको अन्याय मात्र होइन, हाम्रो समाज, कानुन र राज्यको संवेदनशीलताको कठोर परीक्षा हो।”

    उनले आफू दुईतिहाइ सरकारको नेतृत्व गरिरहेको दलको जिम्मेवार पदमा रहे पनि पीडितलाई न्याय दिलाउन प्रभावकारी पहल गर्न नसकेको स्वीकार गर्दै पीडित परिवारसँग क्षमासमेत मागेका छन्।

    घटनाको अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाउँदै उनले प्रहरी प्रशासनसँग पटकपटक सम्पर्क गर्दा अपेक्षित गम्भीरता नदेखिएको गुनासो गरेका छन्। उनका अनुसार पीडित पक्षले उक्त घटनालाई आत्महत्या नभई कुटपिटपछि हत्या गरिएको र त्यसपछि आगो लगाइएको हुन सक्ने आशंका गर्दै निष्पक्ष अनुसन्धानको माग गरिरहेका छन्।

    पीडित पक्षले शवको अवस्था र घटनासँग सम्बन्धित प्रमाणबारे प्रश्न उठाइरहेका बेला प्रहरी पक्षबाट प्रमाणलाई गम्भीरतापूर्वक लिनुको सट्टा “एआईबाट बनाइएको प्रमाण हुनसक्ने” जस्ता प्रतिक्रिया आएको आरोप लगाइएका छन । यस्तो गैरजिम्मेवार अभिव्यक्तिले पीडित परिवारलाई थप पीडा पुगेको केन्द्रीय सदस्य जैरुको भनाइ छ।

    घटना भएको १५ दिन बितिसक्दा पनि पीडित परिवारले न्यायको अनुभूति गर्न नसकेको भन्दै उनले सम्बन्धित निकाय, सरकार, प्रहरी प्रशासन र मानव अधिकारसँग सम्बन्धित संस्थाहरूलाई निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न आग्रह गरेका छन्।

    यो घटनाले नेपालमा कानुनी रूपमा जातीय विभेद अन्त्य भएको दाबी गरिए पनि व्यवहारमा भने जातका आधारमा हुने हिंसा, बहिष्कार र सामाजिक दबाब अझै कायम रहेको वास्तविकता उजागर गरेको छ।

    संविधानले सबै नागरिकलाई समानताको अधिकार सुनिश्चित गरे पनि अन्तरजातीय प्रेम, विवाह र सामाजिक सम्बन्धकै कारण दलित समुदायमाथि हुने हिंसाका घटनाले राज्यको प्रतिबद्धता र कार्यान्वयनबीचको दूरी देखाइरहेको छ।

    विशेषगरी सुदूरपश्चिम क्षेत्रमा अन्तरजातीय सम्बन्धलाई लिएर हुने सामाजिक दबाब र हिंसाका घटनाले समाजको चेतना मात्र होइन, राज्य संयन्त्रको भूमिकामाथि समेत प्रश्न उठाउँदै आएको छ।

    रास्वपा नेतृत्वको सरकारले संसदबाटै दलितमाथि हुने विभेद अन्त्य गर्ने प्रतिबद्धता जनाए पनि आफ्नै दलका केन्द्रीय सदस्यले न्यायमा भइरहेको ढिलाइप्रति सार्वजनिक रूपमा आवाज उठाउनुपर्ने अवस्था आउनुले सरकारको सुशासन र सामाजिक न्यायको प्रतिबद्धतामाथि बहस सुरु भएको छ।

    मानव अधिकारकर्मीहरूले पनि जातीय विभेदसँग जोडिएका घटनामा तत्काल निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै आएका छन्। न्यायमा हुने ढिलाइले पीडितको पीडा थप बढाउने भन्दै कञ्चनपुर घटनामा शीघ्र र निष्पक्ष न्यायको माग गरिएको छ।

    शनिबार, असार २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.