काठमाडौं । गृहमन्त्री सुधन गुरुङ प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्नका लागि समय लिएर संसद्को रोस्ट्रममा पुगेका थिए। तर रोस्ट्रममा उक्लिएलगत्तै उनी भावुक बनेपछि आफ्नो भनाइ राख्न नसकी फर्किएका छन्।
बैठकका क्रममा सभामुखबाट समय पाएपछि रोस्ट्रममा पुगेका गुरुङ केहीबेर मौन उभिएका थिए। त्यसक्रममा उनी भावुक देखिएका थिए भने आँखा रसाएपछि कुनै मन्तव्य नदिई आफ्नो सिटतर्फ फर्किएका हुन्।
गृहमन्त्री किन भावुक बने भन्ने विषयमा बैठकमा तत्काल कुनै औपचारिक जानकारी दिइएको छैन। उनले बोल्न नसकेपछि केही समय संसद् भवनमा पनि चासो र चर्चा भएको थियो।
हालैका विभिन्न समसामयिक घटनाक्रम र संसद्मा जारी छलफलका बीच गृहमन्त्री रोस्ट्रममा पुगे पनि मन्तव्य नदिई फर्किएपछि सांसदहरूबीच समेत यसको कारणबारे जिज्ञासा बढेको छ।


