काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु राज्यको नीतिका कारण भएको दाबी गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले गणेश नेपालीको मृत्यु व्यक्तिगत घटना मात्र नभई राज्यको नीति, प्रशासनिक व्यवहार र गैरजिम्मेवारीको परिणाम भएको टिप्पणी गरेका हुन्। उनले घटनाको नैतिक तथा राजनीतिक जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
शाहीले जनतामाथि राज्यका निकायबाट हुने व्यवहारमा सुधार आवश्यक रहेको उल्लेख गर्दै यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका थिए। उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा उनको मृत्यु भएको थियो। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।


