काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर दुई लाख ९८ हजार ५०० रुपैयाँ पुगेको छ। सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले घटेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला चार हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला पाँच हजार १५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावअनुसार दैनिक रूपमा सुनचाँदीको मूल्यमा उतारचढाव हुने गरेको छ।
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
तपाईको प्रतिक्रिया

