• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

सुर्खेतका वादी बस्तीमा खानेपानीको हाहाकार


  •   बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
  • कर्णाली। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ र लेकबेशी नगरपालिकाको सिमावर्ती क्षेत्रमा यति बेला झन्डै ६ अर्ब बढी लागतको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना धमाधम अघि बढिरहेको छ । कर्णाली प्रदेशको राजधानीको मुकाम वीरेन्द्रनगर नगरपालिकामा आगामी सन् २०५० सम्म वृद्धि हुनसक्ने जनसंख्यालाई दिगो खानेपानीको पहुँच स्थापित गर्न भेरी लिफ्ट खानेपानी आयोजना अबको एक वर्षभित्र पूरा हुँदै छ । स्वच्छ खानेपानी र सरसफाइका क्षेत्रमा रणनीतिक महत्त्व राख्ने आयोजना धमाधम अघि बढिरहँदा आयोजनासँगै जोडिएको झुप्रा खोलाको वादी समुदायमा भने काकाकुल छ । संविधानले स्वच्छ खानेपानी तथा सरसफाइलाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ । संविधानको धारा ३५(४) अनुसार प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक सुनिश्चित गरिएको छ ।

    Advertisement

    संविधानमा व्यवस्था भएबमोजिम राज्यले मानव जीवनमा प्राणवायु अक्सिजनपछि पिउने पानीको अपरिहार्यता मनन् गरी सबै नागरिक सामु स्वच्छ खानेपानीको पहुँच विस्तार गुर्नपर्ने हो । विडम्बना व्यवहारमा भने राज्यका हरेक क्षेत्रमा पछाडि पारिएको झुप्रास्थित विपन्न वादी समुदायका नागरिकले खोलामा बगेको पानीसमेत शुद्धसँग पिउन पाएका छैनन् । आधारभूत आवश्यकतामा पर्ने खानेपानीको व्यवस्थापन गर्नु राज्यको पहिलो दायित्व हो । तर, राज्य यही दायित्वबाट बिमुख हुँदा सदियौँदेखि राज्यको मूल प्रवाहबाट पछाडि पर्दै आएको वादी समुदाय खोलामा बगेर आएको पानीलाई समेत निर्वाधरूपमा उपभोग गर्न नसक्ने अवस्थामा छ । यो हिजो आजको समस्या होइन । वीरेन्द्रनगर नगरपालिका–११, झुप्रा खोला किनारामा झन्डै एक सय ५० बढी घरपरिवारको बसोबास छ । उनीहरू त्यस क्षेत्रमा २०४६ साल यता बसोबास गर्दै आएका छन् । उनीहरूको दैनिक गर्जो टार्ने मेसो त्यही झुप्रा खोलाको बालुवा चाल्नु हो ।

    केही दशकअघिसम्म झुप्रा खोलाको पानी खान योग्य थियो । मानव स्वास्थ्यलाई हानी पुर्‍याउने खालका जीवाणु अर्थात पानी प्रदूषित थिएन । खोलाबाट दिनभर गिट्टी, बालुवा निकाल्ने, तिर्खा लागे झुप्रा खोलाको पानीले प्यास मेटाउने बानी थियो स्थानीय धनसरा वादीको । आफ्ना जीवनका लामा अध्याय झुप्रा खोलाको पानीले कटाएकी धनसरालाई अहिले त्यही पानी छुन पटकपटक सोच्नु पर्छ । तर, उनलाई बाध्यता छ । खान योग्य छैन भन्ने थाहा छ, तर, उनको परिवार प्रदूषित भए पनि कपडाले छानेर दैनिक खानेपानीको जोहो गर्न बाध्य छ । पानीकै कारण धनसराको परिवारलाई सरसफाइजन्य संक्रमण टाइफाइड, झाडापखला, एलर्जीलगायत स्वास्थ्य समस्याको जोखिम पनि उत्तिकै छ । हरेक वर्ष परिवारका सदस्य टाइफाइडले थलिने गरेको नमिठो सत्य धनसरासँग छ । महिनावारी हुँदा पनि स्वच्छ पानीको अभाव खट्किरहन्छ, धनसरालाई । उनी भन्छिन्, ‘पहिलेपहिले खोलामा बग्ने पानी स्वच्छ हुन्थ्यो, पिउन, खाना पकाउन, नुहाई धुवाई गर्न खोलाको पानी प्रयोग गर्ने गरेका थियौँ । तर, अहिले बस्तीको माथितिरबाट फोहोर फाल्ने, खोलामा जथाभावी डोजरले खन्ने हुन थालेपछि खानेपानीको जोहो गर्न निकै मुस्किल पर्न थालेको छ ।’

    अहिले धनसराको परिवारले खोलाको किनारामा खाल्डो बनाएर जम्मा भएको पानी उपभोग गर्दै आएका छन् । पानी परेपछि ती मुहान भलले पुर्छ । फेरि खाल्डो बनाएर पानी खानु उनीहरूको बाध्यता बनेको छ । मानव स्वास्थ्यका दृष्टिकोणले धनसराको परिवारले उपभोग गरिरहेको स्रोतको पानी पिउनलाई उपयुक्त छैन । स्थानीय हरिबहादुर वादी २०५४ सालतिरबाट झुप्रा खोला किनारमा आफ्नो परिवारसँगै बस्न थालेका थिए । उनी त्यहाँ बस्न थालेको झन्डै २९ वर्ष भयो । उनले पनि ढुक्क भएर स्वच्छ खानेपानीको उपभोग गर्न पाएका छैनन् । उनी वादी बस्तीका अगुवासमेत हुन् । उनले बस्तीमा स्वच्छ खानेपानीको जोहो गर्न तीनै तहका सरकारसँग निकै लडाइँ लडेका छन् । तर, उनको पीडा अहिलेसम्म सम्बोधन भएको छैन । उनका अनुसार बस्तीमा खानेपानीको व्यवस्थापन नभएको पनि होइन । झन्डै पाँच वर्षअघि एक गैरसरकारी संस्थाको सहयोगमा बस्तीसम्म खानेपानीका धारा निर्माण भएका थिए । तर, गुणस्तरीय पूर्वाधार नहुँदा खडेरी लाग्ने बित्तिकै जंगलमा लाग्ने आगोले पाइप जल्ने, खोलाको बाढीले पाइप बगाउने, घाँस, दाउरा जानेले पाइप काटिदिनेलगायतका समस्याले बस्तीमा पानीको हाकार हुने गरेको उनी सुनाउँछन् । ‘बस्तीको किनाराबाट झुप्रा खोला बगेको छ, तर बस्तीमा खानेपानी छैन,’ उनी भन्छन्, ‘कम्तीमा खानलाई मात्र भए पनि पानी ल्याइदेउ भनेर पुग्नुपर्ने ठाउँसम्म पुगियो, हाम्रा पीडा सुनवाईमै पर्दैनन् ।’

    कम लागतमै बस्तीसम्म खानेपानी ल्याउन सकिने अवस्था रहेपनि वीरेन्द्रनगरले चासो नदेखाएको गुनासो हरिबहादुरको छ । उनले वीरेन्द्रनगर उपत्यकाको फोहोर बस्ती नजिक फालिँदा त्यसबाट निस्कने हानिकारक पानी खोलामा मिसिदा झनै जोखिम बढेको गुनासो गरे । बस्तीको आधारभूत आवश्यकता पूरा गर्नतर्फ चासो नदिएको वीरेन्द्रनगर नगरपालिकाकै कारण झुप्रा खोलको किनारामा बसोबास गर्दै आएको विपन्नहरूको ठूलो बस्तीसमेत जोखिममा परको उनले सुनाए । अर्की स्थानीय अमृता वादीले वीरेन्द्रनगरले नदीजन्य सामग्री उत्खनन् गर्न थालेपछि स्थानीयको रोजगारी खोसिनुका साथै बर्सेनि खोलाले धार परिवर्तन गर्दा बस्ती नै बाढीको चपेटामा पर्ने जोखिम बढ्दै गएको बताइन् । वीरेन्द्रनगर नगरपालिकाले राजश्व संकलन गर्ने नाममा बर्सेनि नदीजन्य सामग्री उत्खनन्‌का लागि झुप्रा खोला ठेक्का दिने गर्छ । वातावरणीय प्रभाव मूल्यांकन गरेर नदीजन्य पदार्थ निकाल्न दिइने दाबी गरिए पनि ठेकेदारले डोजर प्रयोग गरेर मापदण्डविपरीत गिट्टी, बालुवा निकाल्दा झुप्रा खोलाको स्वरुप मात्र बदलिएको छैन । स्थानीयहरूलाई झुप्रा खोलामा बगेर आउने पानीसमेत प्रदूषित बनाइ रहेको छ । यसतर्फ नियामक निकायले कानमा तेल हालेर बसेको स्थानीयको गुनासो छ ।

    दाताले गरिदिए खानेपानीको जोहो

    केही महिनाअघि वादी बस्तीनजिक लागेको आगोले पाइप लाइनमा क्षति पुगेर खानेपानीको आपूर्ति रोकिएपछि स्थानीयहरू दाता गुहार्न बाध्य बनेका छन् । बस्तीसम्म विस्तार भएको खानेपानीको लाइनलाई व्यवस्थित बनाउन वीरेन्द्रनगर नगरपालिकालाई बारम्बार अनुरोध गर्दा सुनुवाई नभएपछि स्थानीयहरूले होसन्ना सेवाकाई नेपाल नामक गैरसरकारी संस्था गुहार्न बाध्य बन्नु परेको वादी अगुवा छविलाल वादी बताउँछन् । यसअघि लभ एण्ड होप नेपाल नामक गैरसरकारी संस्थाले वादी बस्तीसम्म खानेपानी पुर्‍याइदिएको थियो । उक्त आयोजना गएको चैतमा वनमा लागेका आगोका कारण क्षतिग्रस्त बनेको थियो । दाताको सहयोगले खानेपानीको लाइन मर्मत भएपछि वादी बस्तीमा तत्काल पानीको जोहो भएको छ । संस्थाले तत्कालका लागि खानेपानीको सहज आपूर्ति गर्न जीर्ण बनेको पाइपलाइन मर्मतका लागि आर्थिक सहयोग गरेको छ । संस्थाका कार्यकारी निर्देशक पूजा वादीका अनुसार आधारभूत आवश्यकता मध्यको खानेपानीको चरम संकट देखिएपछि आगलागीको जोखिम र जीर्ण बनेको लाइनका पाइपहरू परिवर्तन गर्न लागिएको हाे । पानीकै कारण सरसफाइजन्य रोग र संक्रमणबाट बस्तीका नागरिकलाई सुरक्षित बनाउन खानेपानीको पूर्वाधार निर्माणमा सहयोग गरिएको उनले बताइन् । उनका अनुसार वादी समुदायको आर्थिक सशक्तिकरणका क्षेत्रमा समेत विभन्न कार्यक्रमहरू संस्थाद्वारा भइरहेको उनले बताइन् ।

    बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा
    समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता !
    सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
    कीर्तिपुरमा पार्किङ गरेर राखिएको कारमा अचानक आगलागी,भित्र भेटियो एक जना पुरुषको शव
    ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.