×
मङ्गलबार, असार ३१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

गृहमन्त्रीको सचिवालयले सार्वजनिक गर्यो लेखकको १ बर्षका उपलब्धीहरु

नेपालमा लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

अगस्ट १ सम्म व्यापार सम्झौता नभए ३० प्रतिशत भन्सार वृद्धि गर्ने युरोपलाई ट्रम्पको चेतावनी-


विपद् व्यवस्थापनमा तीन तहका सरकारको जिम्मेवारी प्रष्ट हुनुपर्छ :महामन्त्री थापा

गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन

प्रचण्डको ओलीलाई प्रश्न ‘एक वर्षमा कसको विश्वास जित्नुभयो?’

महानगरको बजेट २५ अर्ब ७६ करोड

प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

लोकप्रिय समाचार

  • १. अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

  • २. रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

  • ३. १९४ दिनपछि बस्दै काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक !

  • ४. रसुवामा बाढीको बितण्डा :क्षतिको विवरण संकलन गर्न समिति गठन

  • ५. रविको पक्षमा मनिषा कोइरालाको हस्ताक्षर,कांग्रेसलाई ४४० भोल्डको झट्का

  • ६. ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

  • ७. माओवादीको पदाधिकारी बैठक बस्दै

  • ८. महानगरको बजेट २५ अर्ब ७६ करोड

  • ९. प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

  • १०. गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन

बाइडेनलाई कटाक्ष गर्दै ट्रम्पले भने हामीले मात्र अमेरिकालाई महान् बनाउन सक्छौँ


  •   बुधबार, बैशाख १३, २०८० मा प्रकाशित
  • काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले दोस्रोपटक राष्ट्रपतिमा लड्ने घोषणा गरेपछि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प खुसी हुनुहुन्न । एक भिडियो सार्वजनिक गर्दै ८० वर्षे बाइडेनले आफूले सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट दोस्रोपटक लड्ने औपचारिक जानकारी दिनु भएको थियो ।

    Advertisement

    मंगलबार नै ७६ वर्षे ट्रम्पले पनि भिडियो सार्वजनिक गर्दै बाइडेनले चुनाव जितेमा देश कमजोर बन्ने र देशलाई रिपब्लिकन पार्टीले मात्र महान् बनाउन सक्ने उल्लेख गर्नु भएको छ । ४६औँ राष्ट्रपतिका रूपमा सन् २०२० मा निर्वाचित भएका बाइडेनले ४७औँ राष्ट्रपति बन्ने दौडमा आफ्नो चुनावी एजेन्डा गर्भपतनको अधिकार, लोकतन्त्रको रक्षा, मतदान अधिकार र सामाजिक सुरक्षालगायत हुने बताउनु भएको छ ।

    आफूले देशमा अधिक स्वतन्त्रता दिन चाहेको बताउँदै उहाँले अब मतदाताको हातमा त्यसको जिम्मा भएको उल्लेख गर्नु भएको छ । अमेरिकामा दुई पटकसम्म एकै व्यक्ति राष्ट्रपति बन्न पाउने प्रावधान छ । वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले पनि आफूले दोस्रोपटक उपराष्ट्रपतिको चुनाव लड्ने घोषणा गर्नु भएको छ । ५८ वर्षे डेमोक्रेटिक नेतृ ह्यारिस सन् २०२० मा पहिलो महिला उपराष्ट्रपतिका रूपमा निर्वाचित हुनु भएको छ ।

    उता रिपब्लिकन पार्टीका तर्फबाट भने पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिको उम्मेदवार बन्ने चर्चा छ । तर, ट्रम्पमाथि अहिले अदालतमा पोर्न स्टारलाई पैसा दिएर चुप लगाइएको विषयमा अनुसन्धान भइरहेको छ । ट्रम्पले पोर्न स्टारलाई भिन्न प्रयोजनमा पैसा दिएर व्यापारिक कार्यमा पैसा खर्च भएको भनेर अभिलेख राखेका छन्, जसलाई गैरकानुनी भनिएको छ ।

    ट्रम्पले चुनावमा लड्ने घोषणा त गर्नु भएको छैन । यद्यपि, उहाँले मंगलबार बाइडेनको राष्ट्रपतीय उम्मेदवारीको विरोध जनाउनु भएको छ । ट्रम्पका अनुसार पाँच खराब राष्ट्रपतिले भन्दा बढी देशका लागि घातक काम बाइडेनले गर्नु भएको छ ।

    बाइडेनकै समयमा शताब्दी यताकै खराब मुद्रास्फिति अमेरिकाले व्यहोरिरहेको र बैंकहरू डुब्न थालेको ट्रम्पको भनाइ छ । बाइडेन राष्ट्रपति बनिरहे डलरको मूल्य विश्वमा चाँडै कमजोर बन्ने पनि उहाँको भनाइ छ । आफ्नो पालामा अमेरिकी सीमाक्षेत्र सुरक्षित भएको उहाँको दाबी छ । हाल बाइडेनका कारण दक्षिणी सीमा क्षेत्रबाट अवैध आप्रवासीहरू अमेरिकी समुदायमा प्रवेश गरेको र ती मानसिबाट अमेरिकालाई खतरा भएको ट्रम्पको भनाइ छ ।

    हाल अमेरिकामा घरबारविहीनता, लागु पदार्थ दुर्व्यसनी र हिंसात्मक अपराध बाइडेनकै प्रशासनमा व्याप्त भएको उहाँको आरोप छ । बाइडेनले विश्वलाई तेस्रो विश्वयुद्धतर्फ धकेलेको पनि ट्रम्पको भनाइ छ । रुस र चीनबीच बढ्दो सम्बन्धबीच र इरानले आणविक बम बनाइरहँदा बाइडेनको सरकारले केही गर्न नसकेको उहाँको भनाइ छ ।

    ट्रम्पले भन्नु भएको छ, ‘तपाईंहरूको सहयोगले हामीले बाइडेनलाई पराजित गर्नेछौँ र अमेरिकालाई फेरि महान देश बनाउनेछौँ ।’

    बुधबार, बैशाख १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गृहमन्त्रीको सचिवालयले सार्वजनिक गर्यो लेखकको १ बर्षका उपलब्धीहरु
    नेपालमा लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा
    विपद् व्यवस्थापनमा तीन तहका सरकारको जिम्मेवारी प्रष्ट हुनुपर्छ :महामन्त्री थापा
    गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन
    प्रचण्डको ओलीलाई प्रश्न ‘एक वर्षमा कसको विश्वास जित्नुभयो?’

    Facebook Page

    लोकप्रिय

    • १.
      अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

    • २.
      रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

    • ३.
      १९४ दिनपछि बस्दै काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक !

    • ४.
      रसुवामा बाढीको बितण्डा :क्षतिको विवरण संकलन गर्न समिति गठन

    • ५.
      रविको पक्षमा मनिषा कोइरालाको हस्ताक्षर,कांग्रेसलाई ४४० भोल्डको झट्का

    • ६.
      ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

    भर्खरै

    • १.
      गृहमन्त्रीको सचिवालयले सार्वजनिक गर्यो लेखकको १ बर्षका उपलब्धीहरु

    • २.
      नेपालमा लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

    • ३.
      अगस्ट १ सम्म व्यापार सम्झौता नभए ३० प्रतिशत भन्सार वृद्धि गर्ने युरोपलाई ट्रम्पको चेतावनी-

    • ४.

    • ५.
      विपद् व्यवस्थापनमा तीन तहका सरकारको जिम्मेवारी प्रष्ट हुनुपर्छ :महामन्त्री थापा

    • ६.
      गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन

    • ७.
      प्रचण्डको ओलीलाई प्रश्न ‘एक वर्षमा कसको विश्वास जित्नुभयो?’

    • ८.
      महानगरको बजेट २५ अर्ब ७६ करोड

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.